इनर ह्वील क्लव अफ बिर्तामोड मिडटाउनको सातौ पदस्थापन

0
220

बिर्तामोड , इनर ह्वील क्लव अफ बिर्तामोड मिडटाउनको सातौ पदस्थापन शनिबार बिर्तामोडमा सम्पन्न भएका । बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पदस्थापन सम्पन्न भएको हो । पदस्थापनसंगै इनर ह्वील क्लव अफ बिर्तामोड मिडटाउनको नेतृत्व लुना बस्नेतले सम्हालेकी छन् ।

पदभार ग्रहण गर्द्रै अध्यक्ष बस्नेतले आफ्नो कार्यकाललाई अहिलेसम्मकै उत्कृष्ठ बनाउने प्रतिवद्धता जनाउनु भयो ।  आफ्नो टिमका साथीहरुको सक्रियता तथा सबैको सहयोगमा समाजमा समस्याका रुपमा देखिएको लागू औषध दुव्र्यसन न्यूनिकरण, सामाजिक सेवा, लैङ्गिक हिंसा विरुद्ध लगायतका विविध कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।


डिष्ट्रिक चिफ कमला श्रेष्ठको प्रमुख आतिथ्यता तथा लुना बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले इनरह्वीलले सञ्चालन गर्न सक्ने विभिन्न कार्यक्रमबारे जानकारी दिनुका साथै इनरह्वीलको यो वर्षको अन्तराष्ट्रिय नाराबारे अवगत गराउनु भएको थियो ।
सो अवसरमा सन् २०२४—२०२५ की अध्यक्ष जुनु विमली उप्रेतीले आफ्नो कार्यकालमा भएका कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।
इनरह्वील ब्लव अफ बिर्तामोड मिडटाउनकी संस्थापक अध्यक्ष भूमिका पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कमला पौडेलले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन मुनमुन अग्रवालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here