जङ्गली हात्तीले आक्रमण गर्दा दुई महिला घाइते

0
72

झापा ।

झापामा जङ्गली हात्तीले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्।

मर्निङ वाकका क्रममा दमक–१ का ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राईलाई हात्तीले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका वेला नजिकैको जङ्गलबाट निस्किएको हात्तीले उनीहरूलाई आक्रमण गरेको थियो।

उनीहरूलाई हात्तीले सुँढले बेरेर लडाएका जनाइएको छ। उनीहरूको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पतालमा लगिएको छ।

घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आक्रमणपछि हात्ती जङ्गलतिर पसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here