योगेन्द्र योगी
विराटनगर,

कोशी प्रदेश प्रहरीले भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरेर २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढीको भन्सार छलीको सामग्री बरामद गरेको हो।
विशेष गरी खुल्ला सिमाना भएको कारण हुने चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न सिमा क्षेत्र तथा आसपासका नाकाहरूमा चेकजाँचमा कडाई तथा सुरक्षा व्यवस्था मजबुद बनाएको कारण जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्री बरामद गरी ७ करोड ३ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
मोरङले ५ करोड ५६ लाख भन्दा बढी, सुनसरीले ४ करोड २३ लाख भन्दा बढी, ताप्लेजुङले १ करोड ४ लाख भन्दा वढी, उदयपुरले ९६ लाख भन्दा बढी, इलामले ७० लाख भन्दा बढीको भन्सार छली तथा चोरी निकासीको सामाग्रीहरु बरामद गरी राजश्व संकलन गरेको छ ।
प्रदेशका अन्य विभिन्न जिल्लाहरुबाट समेत भन्सार छली गरी हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न कडाईका साथ प्रहरी परिचालन ओसार पसारमामा प्रयोग गरिएका ८९ वटा सवारी साधन र संलग्न ८५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले भन्सारछली तथा चोरी, तस्करी नियन्त्रण गर्न र चोरी तस्करीमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन चेकजाँचमा कडाई, प्रविधिको प्रयोग र निग्रानी सहित सक्रियरुपमा काम गर्दै आईरहेको जनाएको।






























