मोरङ ।

मोरङको केरावारी गाउँपालिका–७ मा रहेको मुगु मेडिकलबाट प्रतिबन्धित लागूऔषधिसहित मेडिकल संचालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक चार हजार पाँच सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो ।
प्रतिबन्धित लागू औषधिसहित पक्राउ परेका कुँवरको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























