इक्यान झापालाई वेष्ट इन्टरनेश्नल कनेक्ट ब्राञ्च अवार्ड

0
171

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा वेष्ट इन्टरनेश्नल कनेक्ट ब्राञ्च अवार्ड–२०२५ द्वारासम्मानित भएको छ ।

शैक्षिक क्षेत्रमा इक्यान झापाले गरेका गतिविधिको मुल्याङकन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । नेपाल शैक्षिक परामर्श संघ केन्द्रको आयोजना तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मकवानपुर शाखाको संयोजनमा भएको भएको तीन दिने इक्यान लिर्डस् मिट २.० कार्यक्रममा झापा शाालाई उक्त अवार्ड प्रदान गरिएको इक्यान झापाका सचिव अशोक भण्डारीले जानकारी दिए ।

शैक्षिक परामर्शको क्षेत्रमा इक्यान झापाको भूमिकाको प्रशंसा गर्दै कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवम् रास्वपा नेता मनिष झाले झापा अध्यक्ष रोशन सुवेदीलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख सेमन्त राज कोइरालाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यान निर्वतमान अध्यक्ष प्रकाश पाण्डे, इक्यान पूर्व अध्यक्ष विष्णुहरि पाण्डे, इक्यानका पूर्व अध्यक्ष दिपक गुरुङ लगायतको विशेष आतिथ्य रहेको थियो ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापासहित ८ वटा शाखाका पदाधिकारीहरुको सहभागितामा भएको कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रको एकता र रुपान्तरणका साथै सक्षम र सवल कसरी बनाउने भन्ने विषयमा तीन दिन सम्म कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा संसाद झाले कि नोट स्पिकरको रुपमा शैक्षिक परामर्श दाताहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा स्वागत इक्यान मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडाले गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रिय सचिव भवनाथ हुमागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here