युवा संघ कनकाईमा अर्पण

0
103

सुरुङगा ।

पर्यटकीय स्थल जामुनखाडीमा भएको एमाले निकट युवा संघको तेस्रो नगर अधिवेशनबाट पुनः अर्पण राईको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।

राई कनकाई क्षेत्रका सक्रिय युवा नेता तथा सफल युवा उद्यमी समेत रहेका छन । अन्यायको कडा विरोध गर्ने, युवाका माझ अति लोकप्रिय राई युवा परिचालनमा पनि पोख्त मानिन्छन् ।

अधिवेशनले ३३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पुष्पराज ढकाल, सचिवमा विशाल सिटौला, उपसचिवमा जीवनकुमार अधिकारी, उपसचिव (महिला) मा रञ्जना केसी कटुवाल र कोषाध्यक्षमा अर्जुन न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।

यसै गरी, खुल्ला सदस्यतर्फ सरोज श्रेष्ठ, भूवन दर्जी, निपेश सुवेदी, महिला सदस्यतर्फ रिता बस्नेत, विपना अधिकारी, सोनिका सेढाई, संगिता कटुवाल, अनु खतिवडा, आदिवासी जनजाति सदस्यतर्फ सरिता राई, साजन माझी, युशन राई, वडागत सदस्यतर्फ रोशन दाहाल, प्रेम सुन्दास, रमेश भट्टराई, मौसम मगर, जीतबहादुर खवास, अरुण अधिकारी, प्रज्वल कन्दङवा, दलित मुस्लिम पिछडावर्ग सदस्यतर्फ कञ्चन चाहार लगायत रहेकका छन् । बाँकी सदस्यहरु .पछि चयन गरिने युवा संघका नगर अध्यक्ष अर्पण राईले बताए ।

युवा संघकी केन्द्रीय सचिव निशा लिम्बूको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख समेत रहेका नेकपा एमाले केन्द्रीय विधान महाधिवेशन प्रतिनिधि राजेन्द्रकुमार पोखरेल, पूर्व मन्त्री समेत रहनुभएका पार्टीका कोशी प्रदेश सल्लाहकार हिराकुमार थापा, युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बे, युवा संघ प्रदेश आयोजक कमिटीका संयोजक सुजन लामा, युवा संघका जिल्ला अध्यक्ष फुर्वा तामाङ, एमाले कनकाई नगर अध्यक्ष गोकर्णप्रसाद ओझा, तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राख्दै वर्तमान अवस्थामा सामाजिक सञ्जाल लगायतबाट विकृति विसङगति बढिरहेको भन्दै युवा संघले यसलाई रोक्नका लागि अभियान चलाउनुपर्नेमा जोड दिए ।

यसैविच युवा संघमा केन्द्रदेखि जिल्ला तहका विभिन्न पदमा निर्वाचित भई काम गरेका युवा संघ कनकाईलाई योगदान दिने विनोद राना मगरलाई सम्मान गरिएको थियो । युवा संघको नेतृत्वमा आएसँगै प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष अर्पण राईले कनकाईका युवालाई रचनात्मक बनाएर अगाडि बढाउन आफ्नो नेतृत्वले काम गर्ने बताए । युवालाई कुलतबाट सत्मार्गमा लैजान आफ्नो टिमको पहिलो प्रयास रहने राईले प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here