झापा, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीलाई बिर्तामोड उद्योग वाणिज्य संघले सम्मान गरेको छ । संघको कार्यालयमा आज आयोजित कार्यक्रमकाबीच सुवेदीलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको हो ।
उनलाई संघका अध्यक्ष राजु न्यौपाने, वरिष्ठ उपाधयक्ष राजकुमार घिमिरे ‘राजु’ लगायतले संयुक्र रुपमा कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि संघका पूर्व उपाध्यक्ष सुवेदीले सबैभन्दा धेरै रकम प्रदान गरेका थिए । उनले आफ्नो जन्म दिनको अवसरमा एक लाख १५ हजार रुपैयाँ कोषका लागि सहयोग पु¥याएका थिए ।

संघले स्थापना गरेको राहत कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याउने उनलाई सम्मान गरिएको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए । बिर्तामोड ४ निवासी सुवेदी बिर्तामोडका पुराना व्यवसायीका रुपमा परिचित छन् । उनले विगत लामो समयदेखि गणेश किराना स्टोर संचालन गर्दै आएका छन् । उनी विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थामा समेत आवद्ध छन् ।































