अर्जुनधाराका तीन सय १९ जनालाई सहायता सामग्री वितरण

0
119
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई बिहीबार एक कार्यक्रमकोबीच सहायता सामग्री वितरण गरेको छ ।
कोशी प्रदेश सरकार, अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको प्राविधिक साझेदारीमा गत आर्थिक वर्ष २०८१÷०८२देखि सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्र्तगत उक्त सहायता सामग्री वितरण गरिएको हो ।
नगरपालिका अन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सूर्यमाला पन्धाकका अनुसार २८ लाख ३९ हजार रुपैयाँको लागतमा तीन सय १९ जनालाई ३६८ वटा सामग्री वितरण गरिएको बताइएको छ ।
वितरण गरिएको सामग्रीहरुमा ट्राइसाइकल, व्हील चेयर, सीपी व्हीलचेयर, एयर मेटरेस, सिलिकन हील इनसोल, फुटड्रप स्पीलिन्ट, ट्राइपोड स्टीक, एल्बो क्रचेस, केन, वाकर, एक्जीलरी क्रचेस, टोइलेट चेयर, हेयरीङ एड आदि रहेका छन् ।
नगरपालिकाकी उपप्रमुख एवम् अपाङ्ग समन्वय समितिकी संयोजक खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारलगायतले उक्त सामग्रीहरु वितरण गरेका थिए ।
अर्जुनधारा–३ का वडाध्यक्ष एवम् कार्यपालिका सदस्य सीताराम भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखाकी प्रमुख पन्धाकले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here