मोरङ ।

मोरङको रंगेलीमा सर्पले डस्दा एक वद्धाको मृत्यु भएको छ ।
रंगेली नगरपालिका–२ दौलतपुरका ६८ वर्षीया चैतन्यदेवी राजवंशीलाई आफ्नो घरको आँगनमा बिषालु सर्पले दाहिने खुट्टाको औँलामा टोकेको थियो ।
उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगरमा लगेर डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।






























