कोदालोको पासोले हानेर श्रीमतीको हत्या

0
114

पाँचथर,

पाँचथरका एक व्यक्तिले ससुराली घरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या गरेका छन् ।

पाँचथर फालेलुङ गाउँपालिका ७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङले फिदिम नगरपालिका १ नाम्दुस्थित ससुराली घरमा आफ्नै श्रीमती २२ वर्षीया अनु राईलाई कोदालोको पासोले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

घाइतेलाई जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ ल्याइएकोमा शुक्रबार बिहान बीएण्डसी अस्पताल ल्याइपुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । कुटपिट गर्ने श्रीमान् महेन्द्र फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here