प्रविधि मैत्री पालिका निर्माणमा जोड दिँदै वल्र्डलिङ्क

0
242

झापा, समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रुपान्तरण गर्न सकिने जनाउँदै सरकारले २०७६ सालमा डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम अघि सा¥यो ।
डिजिटल प्रविधिको उपयोगबाट मुलुकको आर्थिक रूपान्तरण र समृद्धि हासिल गर्न सकिने जनाउँदै तत्कालीन मन्त्रिपरिषद्ले २०७६ सालको कात्तिक ५ गते यो कार्यक्रम स्वीकृत गर्दै सम्पूर्ण सरकारी काम प्रविधिमैत्री हुने जनाएको थियो । तर, सरकारको महत्वकांक्षी योजनाको रूपमा रहेको डिजिटल नेपाल फ्रेमवर्क अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । महालेखा परीक्षकको कार्यालयले तयार पारेको ६२ औँ वार्षिक प्रतिवेदनले समेत डिजिटल नेपाल फ्रेमवर्क अलपत्र परेको ठहर गर्दै परिमार्जन गर्न सरकारलाई सुझाव दिएको थियो ।

डिजिटल नेपाल फ्रेमवर्क योजनालाई पाँचवर्ष भित्र पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणको समयसीमा राखेर प्रक्रिया अघि बढाएको थियो । तर, समय सिमा सकिँदा समेत डिजिटल नेपाल फ्रेमवर्कको काम पूर्ण रुपमा सञ्चालनमा आउन सकेन ।
सरकारको यस्तो महत्वकांक्षी योजनालाई सघाउ पु¥याउने उद्देश्यले वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले कोशी प्रदेशमा पहिलो पटक प्रविधि मैत्री पालिका / स्मार्ट र सुरक्षित पालिकाको अवधारणा अघि सार्दै सरोकारवाला निकायसंग छलफल गरेको छ ।

झापाको बिर्तामोडमा स्थानीय तहका जनप्रतिनिधि ,कर्मचारी तथा सञ्चारकर्मीहरुलाई समेत सहभागी गराई डिजिटल नेपाल फ्रेमवर्क अन्तरगत सरकारको अवधारणा सहितका कार्यपत्र वल्र्डलिङ्कका तर्फबाट प्रस्तुत गरिएको थियो । जसमा स्थानीय तहलाई कसरी स्मार्ट र प्रविधिमैत्री पालिका तथा सुरक्षित पालिका बनाउन सकिन्छ सो विषयमा जानकारी गराइएको थियो ।
वल्र्डलिङ्कले पहिलो चरणमा झापाका १३ वटा पालिकालाई छनोट गर्दै यो कार्यक्रम अघि सारेको छ ।

दमक, गौरादह, शिवसताक्षी, कनकाई, बिर्तामोड, अर्जुनधारा, भद्रपुर, मेचीनगर गरी आठ वटा नगरपालिका र गौरीगञ्ज, कमल, बाह्रदशी, हल्दिवारी, कचनकवल गरी पाँचवटा गाउँपालिकामा यो कार्यक्रम लागू गरिने वर्डलिङ्कका क्षेत्रीय जनसम्पर्क अधिकृत राजन तिम्सिनाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा झापा मोरङ र सुनसरीमा यो कार्यक्रम लागू गरिने छ । जसका लागि पालिकासंगको सहकार्यमा कार्यक्रम अघि बढाइने छ ।


वल्र्डलिङ्कका टेक्निकल म्यानेजर कृष्णराज भण्डारीका अनुसार प्रविधि मैत्री पालिका निर्माणमा सरकारले अघि सारेका विभिन्न चरणहरुको कामलाई नै अघि बढाइने छ । सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा ८ वटा क्षेत्र पहिचान गरेको छ । जसमा डजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त, सहरी पूर्वाधार क्षेत्रलाई पूर्णरूपमा प्रविधिबाट सेवा दिने सकिने जनाइएको छ । यसैलाई आधार मान्दै प्रविधि मैत्री पालिका निर्माणका लागि नागरिक सुरक्षा, सडक सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, प्रविधि मैत्री स्वास्थ्य सेवा, प्रविधि मैत्री पशुपंक्षी, सवास्थ्य सेवा, प्रविधि मैत्री शिक्षा, प्रविधि मैत्री कृषि, फोहोर व्यवस्थापन, पोर्टल निर्माण पालिका वजार,लागू औषध नियन्त्रण, सार्वजनिक सरसफाई, निःशुल्क इन्टरनेट सेवा, मेट्रो डाटा सेन्टर जस्ता काम गर्न वल्र्डलिङ्कका टेक्निकल म्यानेजर भण्डारीले बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वल्र्डलिङ्कका कर्पाेरेट म्यानेजर विकाश भट्टराईले स्मार्ट सिटीको अवधारणा र गर्न सकिने कामका विषयमा जानकारी गराएका थिए ।
सरकारले डिजिटल नेपालको फ्रेमवक भित्र आठ वटा क्षेत्रका ८० वटा कार्यक्रमलाई समेट्न सकिने योजना अघि सारेको वल्र्डलिङ्कका रिजनल म्यानेजर आनन्द कुमार झाले जानकारी दिए ।

सरकारले डिजिटल नेपालको फ्रेमवक भित्र सम्पूर्ण सरकारी सेवा डिजिटल मार्फत दिने योजना अघि सारेको हो । धेरैजसो सरकारी कागजतपत्र, फाइल, दस्तावेज स्क्यान गरेर डिजिटाइजेसन गरिएको छ । प्रिन्ट कपीका पुराना फाइलहरू सुरक्षित गराइएको छ । धेरैजसो सरकारी वेवसाइटका सिस्टम बन्नुका साथै सेवा प्रवाह अनलाइनमार्फत हुन थालेका छन् । सर्भरमा पनि सरकारले फड्को पारेको छ । अझ गुणस्तरीयता थप्दै, पूर्ण रूपमा अनलाइनमैत्री बनाउनुपर्ने आवश्यकता छ । अनलाइनमा पनि लाइन लाग्ने प्रथा कम गर्दै सम्पूर्ण काम प्रविधिमैत्री बनाउने सरकारको योजना छ । यही योजनालाई साकार बनाउन हामीले यो कार्यक्रम अघि सारेका हौं वल्र्डलिङ्कका कर्पाेरेट म्यानेजर भट्टराईले भने ।


यता कार्यक्रममा बोल्दै हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले आफ्नो पालिकाले डिजिटल नेपालको फ्रेमवर्क भित्र धेरै काम गरिएको धारणा राखे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै विद्यालयमा इन्टरनेटको पहुँच पु¥याएको उनको भनाई छ । सबै विद्यालयमा सीसी क्यामेरा जडान गरेर मोवाइल एप्स मार्फत आफू सहित समग्र अभिभावकले विद्यालयको गतिविधि निगरानी गर्न सक्ने प्रविधि जडान गरिएको उनको भनाई छ ।

इन्टरनेटकै सहायताले आफूले पनि सामुदायिक विद्यालय सहित पालिकाका हरेक शाखा र कर्मचारीको निगरानी गर्ने गरेको अध्यक्ष लिङ्देनले बताए । आर्थिक अभावका कारण गाउँपालिकाले धेरै कुरागर्न चाहेर पनि नसकिएको बताएका अध्यक्ष लिङ्देनले वल्र्डलिङ्कसंग सहकार्य गर्न गाउँपालिका तयार रहेको धारणा राखे ।

गाउँपालिका मार्फत आफूलो अघिल्लो कार्यकालमा नै कृषि अनलाइन विज्नेस एप्स लागू गर्न खोजे पनि प्राविधिक कारणले गर्न नसकिएको बताएका अध्यक्ष लिङ्देनले भने – प्रविधिको विकास भएपनि त्यसलाई हामीले सही सदुपयोग गर्न सकिरहेका छैनौं ।


यता गौरीगञ्ज गाउँपालिका प्रमुख फूलवती राजवंशीले आफ्नो गाँउपालिकालाई प्रविधिसंग जोड्न चाहेको बताइन् । उनले भनिन् – प्रविधिसंग शिक्षालाई कसरी जोड्ने भन्ने विषयमा अहिलेपनि सामुदायिक विद्यालयका प्रधानाध्यापकसंग छलफल भइरहेको छ ।

संघीय सरकारको अबधारणामा देशका दशवटा सहर मध्ये गौरीगञ्ज पनि परेको तर स्मार्ट सिटी बन्न नसकेको बताइन् । सरकारको अवधारणा अनुसार गौरीगञ्जलाई स्मार्ट सिटी बनाउन भनेपनि आर्थिक अभावका कारण स्थानीय तह आफैं अघि बढ्न नसकेको बताइन् । संघीय सरकारले गौरीगञ्जलाई स्मार्ट सिटी बनाउने भनेपनि बजेट नदिएका कारण स्मार्ट सिटी बनाउन नसकिएको अध्यक्ष राजवंशीले बताइन् ।


कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले भद्रपुर नगरपालिकाले स्मार्ट सिटीको अवधारणालाई अंगालेको बताइन् । उनले बोर्डरमा सीसी क्यामेरा जडान, पालिकामा गुनासोका लागि आफ्नै मोवाइल एप्स, सून्य लागत सहभागीतामा विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको बताइन् ।


दमक नगरपालिका प्रमुख राम थापाले वल्र्डलिङ्कले अघि सारेको कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सहकार्यका लागि आग्रह गरे । कार्यक्रममा वुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा , अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुली लगायतले प्रविधि मैत्री पालिका निर्माण र सुरक्षित पालिका बनाउन बल्र्डलिङ्कले खेलेको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

बिर्तामोडस्थित शिदार्थ होटलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न वैकका कर्मचारी, पालिकाका प्राविधिक शाखाका कर्मचारी सहभागी थिए भए । कार्यक्रमको संचालन सञ्चारकर्मी मोहन नेम्वाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here