कमल ।

दमकमा सर्पदंश रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी क्लव अफ काठमाडौं मिडटाउन र नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा रोटरी क्लव अफ दमक र रोटट्रयाक दमकको संयोजन र सहयोगमा दमक स्थिर नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । वर्षादको समयमा सर्पदंशका घटनाहरु धेरै हुने गर्दछन् ।
प्रायः सर्पदंशका घटनाहरु गरीब तथा आर्थिक विपन्न परिवारमा हुने गर्दछन् यसबाट वर्षेनि हजारांैको संख्यामा मानिसको मृत्यु हुने गर्दछ । यसलाई न्यूनीकरण गर्नका लागि रातको समयमा झुल लगाएर सुत्ने, राति हिँड्दा उज्यालो लिएर हिँड्ने, लामो लौराले ठ्याठुक पार्दै हिँड्ने, घर वरिपरि सफा राख्ने र जतिसक्दो चाँडो नजिको सर्पदंश उपचार केन्द्रमा पुग्न सकियो भने सर्पदंशबाट बच्न सकिने रोटरी नेपाल भुटान डिस्ट्रिकका प्रोजेक्ट समितिका अध्यक्ष डा. निर्मल रिजालले बताए ।

कार्यक्रममा सहभागीका तर्फबाट सर्पदंशलाई न्यूनीकरण गर्न र यदि सर्पले टोकी हाले अपनाउनुपर्ने सावधानीका विषयका सहभागीका तर्फबाट राखेका जिज्ञासाका बारेमा समेत प्रष्ट पारिएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ काठमाडौं मिडटाउन सदस्य इजावेल खड्का, कल्पना पराजुली तथा नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापती प्रकाश बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।
रोटरी क्लव अफ काठमाडौं मिडटाउनका अध्यक्ष भिम उदास र रोटरी क्लव अफ दमकका अध्यक्ष सागर श्रेष्ठको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको थियो । रोट्रयाक दमकका पूर्व अध्यक्ष दिवाकरण पञ्चकोटीले धन्यवाद दिएका थिए ।





























