बिर्तामोडका स्मयन बजगाई ‘द भ्वाईस किड्स सिजन फोर’ को फाइनल चरणमा

0
181

झापा, झापाको बिर्तामोडका स्मयन बजगाँई ‘द भ्वाईस किड्स सिजन फोर’को फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

सप्तक संगीतालय बिर्तामोडका विद्यार्थी बजगाईले हिमालय टेलिभिजनमा प्रशारण हुने चर्चित रियालिटी सो ‘द भ्वाईस किड्स सिजन फोर’ मा दिएको दमदार प्रस्तुतिका कारण फाइनल राउण्डको यात्रा तय गरेका हुन् ।

गायनमा विशेष रुचि र दक्षता भएका बजगाईंको प्रस्तुतिले निर्णयक मात्र होइन दर्शकहरूको पनि मन जितेका कारण फाइनल राउण्डको यात्रा तय भएको हो ।

निर्णायक ‘सत्यराज आचार्य’को टिममा रहेका स्मयनले फाइनल राउण्डका लागि तुलसी घिमिरेको शब्द,रञ्जीत गजमेरको संगीत र उदित नारायण झाको स्वरमा रहेको ‘आँखा भरिका सपना’ बोलको गीत प्रस्तुत गरेका थिए । जुन गीतले उनलाई ‘द भ्वाईस किड्स सिजन फोर’को फाइनल राउण्डमा पु¥याएको हो ।

फाइनल राउण्डको यात्रा तय गरेका स्मयनको प्रस्तुति पछि निर्णायक सत्यराज आर्चायले उनलाई उदित नारायणको भन्दा राम्रो गाएको भन्दै प्रशंसा गरेका थिए । जतिबेला दर्शक दीर्घबाट हुटिङ सहितको गडगडाहट ताली बजेको थियो ।

स्मयनको गायनको रेञ्ज एकदमै राम्रो भएको भन्दै निर्णयक सत्यले भनेका छन् – स्मयनको मुड, गायकी पनि राम्रो देखिरहेको छु ,यो गीत स्मयनले गाउँदा सत्यराजले नै गाइरहेको जस्तो फिल भइरहेको थियो ।

उनले अझ थपे – एउटा भनाई नै छ नि ‘ताल गयो भने बाल जान्छ , सुर गए शिर जान्छ’ सुर नै स्ट्रेट हो तपाईको । उनले स्मयनलाई गज्जवको सिंगर हो भन्दै प्रशंसा गरेका छन् । टिम कोच सत्यले वजगाईलाई ओजश्वी आवाज भएको र आफ्नो सुरलाई कर्म, धर्म र मर्म ठानेको भन्दै उनको मुहारमा अझ धेरै हाँसो छर्न सबैलाई आग्रह गरेका छन् । स्मयन आफैंमा हाँसो , मुस्कान हो भन्दै प्रशंसा गरेका सत्यले धेरै भन्दा धेरै भोट गरेर जिताउन आग्रह गरे ।

स्मयनको गायन क्षमतालाई प्रशंसा गर्दै अर्का निर्णयक मेलिना राईले उनले प्रस्तुति एकदमै राम्रो भएको बताएकी छिन् । उनले एउटै नोटमा बसेर हाई नोट छुनु र फेरि लो मा आउनु एकदमै राम्रो हो भन्दै प्रशंसा गरिन् । स्मयनको प्रस्तुतिले आफ्नो शरीर नै सिरिङ भएको भन्दै थप प्रगतिको शुभकामना दिएकी छिन् ।

उत्कृष्ट प्रस्तुति र दर्शकको भोटका कारण स्मयनले फाइनल राउण्डसम्मको यात्रा तय गरेको र ‘द भ्वाईस किड्स सिजन फोर’ को विजेतामा लागि खल्ती एपबाट भोटिङ गर्न दर्शकसामु कार्यक्रम संचालनले समेत आग्रह गरेका छन् ।

स्मयनले सालिन र नम्र हुँदै प्रणाम शब्दको उच्चारण सहित आफूलाई फिनालेमा देख्न चाहानेले आफूलाई भोटिङका लागि आग्रह गरेका छन् । उनले आफूलाई धेरै भन्दा धेरै भोट गरेर ‘द भ्वाईस किड्स सिजन फोर’को विजेता बनाउन आग्रह गरे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here