अर्जुनधारामा मेयरसँग विद्यार्थी कार्यक्रम अन्र्तगत अन्तरक्रिया शुरु

0
74
अर्जुनधारा । 
“नगर समृद्धीको आधार शैक्षिक गुणस्तरमा सुधार” भन्ने मुख्य नारासहित झापाको अर्जुनधारा नगरपालिकामा मंगलबारदेखि अन्तरक्रिया कार्यक्रम शुरु भएको छ ।
शैक्षिक सत्र २०८२ को कक्षा–१०(एसईई)मा अध्धयनरत विद्यार्थीहरुलाई लक्षित गरि उनीहरुलाई डिजिटल प्रविधिसँग जोडेर एसईईको नतिजासँगै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरीबहादुर कवरले बताए ।
शाखा प्रमुख कवरका अनुसार मेयरसँग विद्यार्थी कार्यक्रम अन्र्तगत आयोजना गरिएको उक्त कार्यक्रममा पालिकाका ८ वटा सामुदायिक र १५ वटा संस्थागत गरी जम्मा २३ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ ।
सोही दिन अर्जुनधारा नगरपालिकाको सभाहलसहित अर्जुनधारा–१ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालय, अर्जुनधारा–६ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालय र अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयमा सञ्चालन हुने उक्त कार्यक्रम बुधबार अर्जुनधारा–३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालय, अर्जुनधारा–४ भाङबारीस्थित अर्जुनधारा माध्यमिक विद्यालय र अर्जुनधारा–५ फूलबारीस्थित भानु माध्यमिक विद्यालयमा हुने बताइएको छ ।
कार्यक्रमको सहजिकरण शैक्षिक अभियन्ता एवम् घुन्सा फाउण्डेसनकी निर्देशक याङजोम शेर्पा र एसईई २०८२का प्रोजेक्ट मेनेजर दीपक पौडेलले गर्ने छन् । कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, अर्जुनधारा–६का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, १०का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here