झापा, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार पशुपति माध्यमिक विद्यालय बाह्रदशीले पालिकामै उत्कृष्ट नतिजा ल्याएको छ ।
एसइई परीक्षामा समेत पालिकाकै उत्कृष्ट नतिजा ल्याएको पशुपति माध्यमिक विद्यालयले कक्षा १२ मा समेत उत्कृष्ट नतिजा ल्याएको हो । विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालका अनुसार परीक्षामा सहभागी मध्ये १२९ जनाले कक्षा १२ उत्तीर्ण गरेका हुन् । उनका अनुसार प्राविधिक धार तर्फ सत प्रतिशत विद्यार्थी उत्र्तीण भएका हुन् ।
परीक्षामा सहभागी मध्ये ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ । त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या २५ जना रहेको छ । यसैगरी २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३६ जना रहेको छ ।
२ दशमलव ४ देखि – २ दशमलव ८ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ जना तथा २ जीपीए देखि २ दशमलव ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १२ जना रहेको प्रधानाध्यापक दाहालले बताए । पालिका भित्र संचालित संस्थागत विद्यालय भन्दा एसइई र कक्षा १२ मा समेत राम्रो नतिजा ल्यएसंगै पशुपति माध्यमिक विद्यालयको चर्चा चुलिएको छ ।






























