सुनसरी ।

सुनसरीको कोशी गाँउपालिका–८ बाट नेपाली एक हजार रुपैंया दरको नक्कली नोट ३८ थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका–१ का २५ बर्षीय राजेश चमार रजक र हनुमान कंकालिनी गाउँपालिका–२ का २५ बर्षीय राजेश कुमार रजक रहेका छन ।
इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु ९२ प २३८० नम्बरको मोटरसाईकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार रुपैंया दरको नक्कली नोट ३८ थान बरामद गरे संगै मोटरसाईकल चालक राजेश कुमार रजक समेतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





























