बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका कार्य समिति सदस्य एवम् सीएसआर प्रमुख प्रकाश पराजुलीले आफ्नो जन्मोत्सव फरक तरिकाले मनाएका छन् ।
समाजमा केही फरक र सन्देश मुलक कार्यक्रम गरेर पनि जन्मोत्सव मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै बिर्तामोड नगरपालिका–४ मा रहेको वृद्धाश्रममा सरसफाईका सामग्री र खाद्य सामग्री प्रदान गरेर खुशीयाली साटेका हुन् । परोपकार सेवा केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा रहेका आमा–बुबासंग आर्शिवाद लिँदै पराजुलीले जन्मोत्सव मनाएका हुन् ।

नेल्टा झापाका अध्यक्ष समेत रहेका पराजुली विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिकामा रहेका छन् । हरेक वर्ष जन्मोत्सवलाई फरक र सन्देश मुलक ढंड्गबाट मनाउँदै आएका पराजुलीले पछिल्लो समय ज्येष्ठ नागरिक प्रति माया र ममता हराउँदै गएकाले वृद्धाश्रममा रहेका आमा–बुबासंग खुशी साटेको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदी र नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष एवम् झापाका संस्थापक अध्यक्ष धर्मेन्द्र भट्टराईले शुभकामना दिएका थिए । उनीहरुले हरेक आफ्नो जन्मोत्सवमा ज्येष्ठ नागरिक अर्थात वृद्धाश्रममा रहेका आमा–बुबाको मुहारमा पनि खुशीयाली प्रदान गरेको भन्दै पराजुलीलाई बधाईका साथै शुभकामना दिएका थिए ।
कार्यक्रममा इक्यान झापा तथा नेल्टा झापाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वृद्धाश्रममा जन्मोत्सवको केक काटेर खुशीयाली साटिएको थियो । कार्यक्रमको सञ्चालन इक्यान झापाका सचिव अशोक भण्डारीले गरेका थिए ।





























