पथरी शनिश्चरे।

मोरङको पथरी शनिश्चरे नगरपालिकाको लामाटोलीदेखि भोटेघुम्ती सम्म ६ मि. चौडाइको सडकमा कालोपत्रे गरिने भएको छ।
आइतबार तिनै तह सरकारका प्राविधिक टोली सहित जनप्रतिनिधिहरूले चालु अर्थिक बर्ष २०८२/०८३ मा लामाटोलीदेखि भोटेघुम्ती सम्म ६ मि. चौडाइको सडकमा कालोपत्रेका लागि निरीक्षण तथा सर्वेक्षण गर्नुभएको हो।
मोरङको निर्वाचन क्षेत्र नं ३ का सांसद डा.सुनिल कुमार शर्मा र प्रदेश सांसद मान बहादुर लिम्बुको पहलमा ति सडकहरूमा कालोपत्र गर्ने कार्य गरिने भएको छ। निरीक्षण तथा सर्वेक्षणका क्रममा पथरी शनिश्चरे बजार भित्रका जनआन्दोलन चोकदेखि पुरानो वाणिज्य बैंकसम्म ,बि.पी. चोकदेखि आरति सहकारी संस्थाको भवन सम्म, गोर्खा गल्लीदेखि पुरानो फिल्म हल हुँदै धिमाल चोकदेखि एभरेष्ट स्कुलसम्म, विशाल चोकदेखि माछा लाइन सम्मका सडकहरूमा कालोपत्रे गर्नका लागि निरीक्षण तथा सर्वेक्षण गरिएको सङ्घीय संसदका सांसद डाक्टर सुनिल शर्मा तथा कोशी प्रदेश सांसद मानबहादुर लिम्बुको संयुक्त सचिवालयले जनाएको छ।
संघीय सरकारका सहरी विकास बोर्डबाट ३ करोड र भौतिक विकास मन्त्रालयबाट ३ करोड गरी कुल ६ करोड रुपैयाँको बजेट विनियोजन भएको संयुक्त सचिवालयका सदस्य गिरीश साम्बाले जानकारी दिनुभयो।
उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, संघीय एवं स्थानीय सरकारका प्राविधिक सदस्यहरु, नेपाली कांग्रेस पथरी शनिश्चरे नगर कार्यसमितिका कार्यवाहक अध्यक्ष के.बी. गुरुङ , संघीय तथा प्रदेश सांसदका स्वकीय सचिवहरु , स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरूको सहभागिता रहेको थियो।































