शनिश्चरे अस्पतालमा निःशुल्क तथा राम्रो सेवासँगै सेवाग्राहीको चाप दैनिक रुपमा वढ्दो

0
53
उद्धव पुरी,
शनिश्चरे ।

झापाको अर्जुनधारा शनिश्चरे अस्पतालमा सेवाग्राहीको चाप दैनिक रुपमा वढ्दै गएको छ । अर्जुनधारा नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा उपकरण र निःशुल्क तथा गुणस्तरीय सेवा विस्तार गरेसँगै स्वास्थ्य सेवा लिनेको  घुइँचो  लाग्ने गरेको छ ।

नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले गरिव तथा बिपन्न नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउने उदेश्य राखेर अस्पतालमा आवश्यक उपकरण र स्वास्थ्य सेवा उपलब्ध गराएसँगै सेवाग्राहीको पनि भीड लाग्ने गरेको छ ।

हाल दैनिक रुपमा अस्पतालमा चार सय वढीले स्वास्थ्य सेवा लिने गरेका अर्जुनधारा शनिश्चरे अस्पतालका प्रशासन शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए । अस्पतालमा २४ सै घण्टा अधिकांश स्वास्थ्य सेवाहरु उपलब्ध रहेकाले पनि स्वास्थ्य सेवा लिनेको चाँप वढ्दै गरेको उनले बताए । उनले हाल दैनिक रुपमा चारसय वढी बिरामीले अस्पतालबाट सेवा लिइरहेको बताए ।

अस्पतालमा प्रथम सेवा बिन्दु ९सवै पालिकाका सेवाग्राहीले स्वास्थ्य सेवा लिन मिल्ने० भएकाले पनि सेवाग्राहीको चाप वढेको उनको भनाई छ । अस्पतालका प्रशासन शाखा प्रमुख खड्काका अनुसार हाल २४ सै घण्टा इमेरजेन्सी सेवा, २४ सै घण्टा अन्तरंग सेवा, २४ सै घण्टा प्रयोगशाला सेवा ९ल्याव०, २४ सै घण्टा शल्यक्रिया सेवा, २४ सै घण्टा वीमाको सेवा, २४ सै घण्टा विलिङ सेवालगायतका सेवा छन् ।

अस्पतालमा निःशुल्क शल्यक्रियासहित आमा तथा नवजात शिशु कार्यक्रम शुरु गरिएको थियो । गत ०८१ असार २० गतेदेखि शुरु भएको उक्त यो समाचार तयार पार्दासम्म करिव १५० जनाले सर्जरी सेवा लिएको खड्काले जानकारी दिए । उनका अनुसार अस्पतालमा नर्मल डेलिभरी १७० जना वढीले लिइसकेका छन् ।

दैनिक बिहान ७ बजेदेखि कार्यालय समयसम्म भिडियो एक्सरे सेवा, प्रत्येक आइतवार र बुधवार २ बजेपछि रेविज विरुद्ध ९कार्यालयमा उपलब्ध गराइएको परिमाणको आधारमा० खोप सेवा, सार्वजनिक विदाका दिन बाहेक  ओपिडी सेवा बिहान ८ बजेदेखि कार्यालय समयसम्म  र २४ सै घण्टा डाक्टरहरुको अन डियुटी तथा अन कल सेवा अस्पतालले दिइरहेको अस्पतालका मेसु डा। योगेश चेम्जोङले बताए ।

अस्पतालमा हाल स्त्री तथा प्रसुति विशेषज्ञ, जेनेरल फिजिसियन, रेडियोलोजिष्ट, मेडिकल अधिकृतसहित ८ जना चिकित्सक रहेका डा। चेम्जोङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here