बाल सुधार गृहमा झडप हुँदा प्रहरी घाइते

0
96

झापा ।

विराटनगरस्थित बाल सुधार गृहमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा परी एक जना वरिष्ठ हवलदार घाइते भएका छन् ।

प्रहरीका अनुसार सुधार गृहभित्र तनावपूर्ण अवस्था उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन अतिरिक्त प्रहरीबल परिचालन गरिएको थियो ।

घटनापछि मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया, प्रमुख जिल्ला अधिकारी तथा अन्य सुरक्षा निकायका प्रमुखहरू घटनास्थलतर्फ पुगेका छन्। प्रहरीले थप घटना हुन नदिन सुधार गृह वरपर कडा सुरक्षा व्यवस्था गरेको छ।

घटनाको पूर्ण विवरण भने अझै आउन बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here