बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले भदौको पहिलो साता ‘तीज मिलन कार्यक्रम’ आयोजना गर्ने भएको छ । समाजको बिर्तामोड नगर समितिको बुधवार बसेको कार्यसमितिको वैठकले आगामी भदौं ५ गते बिहीवारका दिन तीज विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर समाजले तीज मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीले जानकारी दिए ।
नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा बिर्तामोडमा बसेको वैठकले बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा तीज मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सचिव प्रजित पुरीले जानकारी दिए ।
समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, झापा सचिव युवराज गिरी, समाजकी झापा महिला अध्यक्ष पार्वता गिरीको आतिथ्य रहेको वैठकले समाजिक सञ्जालमा केही दिन यता भाइरल भइरहेको भिडियोको बिषयमासमेत समाजको ध्यानाकर्षण भएको जनाएको छ ।
दशनामी समाजका सदस्य झापा अर्जुनधारा–५ चाँदनी चोकका रामबहादुर गिरीकि नातीनी तथा दीपा गिरीकि ९ महिने छोरी उपचारका बिषयमा सामाजिक सञ्जालमा आएको भिडियोको बिषयमा दशनामी समाजको ध्यानाकर्षण भएको नगर समितिले जनाएको हो । केही दिन अघि ती बालिकाको बिर्तामोड चिल्ड्रेन अस्पतालमा उपचारको बिषयलाई लिएर सामाजिक सञ्जालमा भिडियो आएको थियो ।
वैठकमा समाजका पूर्व नगर अध्यक्ष अर्जुन गिरी, नगरका प्रेस संयोजक उद्धव पुरी, नगर वरिष्ठ उपाध्यक्ष खेमराज गिरी, उपाध्यक्ष सम्झना पुरी गिरी, सह–सचिव बिनोद गिरी (बन्द्री), कोषाध्यक्ष बिदुर गिरी, सदस्य रणबहादुर गिरीलगायतको उपस्थिति रहेको थियो ।































