बिर्तामोड । नेपाल उद्यमशिल महिला संघको ८ ओै बार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ ।
संघको कार्यालयमा आयोजित साधारणसभाको अध्यक्षता संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीले गरेकी थिइन् भने बिर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुख अतिथि रहेका थिए ।

चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण विमलीलाई उत्कृष्ठ तथा सफल ब्यवसायीको रुपमा सम्मान गरिएको थियो । सम्मानित विमलीलाई प्रमुख अतिथि मिश्रले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
गत आर्थिक वर्षमा संस्थाले गरेका गतिविधि समेटिएको बार्षिक प्रतिवेदन अध्यक्ष विमलीले प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष उमा प्रसाईंले गरेकी थिइन । २०७४ सालमा १० जनाबाट शुरु भएको महिला उद्यमीहरु आवद्ध उद्यमशील महिला संघमा हाल ८० जना भन्दा बढी सदस्य रहेको बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मिश्र, बिशिष्ठ अतिथि तथा सम्मानित व्यक्तित्व ओमकृष्ण विमली, विशेष अतिथिहरू अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, लीला अनमोल, निर्मला भण्डारी चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मानित व्यक्तिको सम्मान पत्र उपाध्यक्ष यशोदा प्रसाईले वाचन गरेको कार्यक्रममा शब्दद्वारा सम्मान बरिष्ठ उपाध्यक्ष ऐश्वर्या पाण्डे र निर्मला खरेल ओडारीले स्वागत गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव बिना थापाले गरेकी थिइन् । सो अवसरमा संस्थाको सदस्य बनेका नयाँ सदस्यहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो ।































