स्वतन्त्र नागरिक समाज सुन्दरहरैचा १० नम्बरमा युवा समिति गठन

0
115

बिराटनगर,

स्वतन्त्र नागरिक समाज मोरङको चहाना, भ्रष्टचार, बेथिति र विसङती मुक्त समाज स्थापना भन्ने मुल नाराका साथ स्थापना स्वतन्त्र नागरिक समाजले मोरङको सुन्दरहरैचा नगरपालिका – १० मा युवा वडा समिति गठन गरेको छ। स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाईको उपस्थितिमा वडा समिति गठन गरिएको हो।

स्वतन्त्र नागरिक समाज युवा वडा समितको संयोजकमा देव प्रसाद राई,सहसंयोजकमा प्रकाश अर्याल,सचिवमा पारुहांङ राई,सहसचिवमा प्रविन राई,कोषाध्यक्षमा अजिव राईलाई चयन गरिएको समाजका प्रवक्ता नर बहादुर गुरुङले जानकारी दिए। सदस्यहरुमा सुमन कोइराला र ओमकार राईलाई चयन गरिएको र बाँकी सदस्यहरु थप्दै लैजाने प्रवक्ता गुरुङले बताए।

सुन्दाहरैंचाको १२ वटै वडामा वडा कमिटि गठन गरिने बताउदै उनले त्यसपछि मोरङको सबै स्थानीय तहमा पनि संगठन विस्तार गरिने बताए। कार्यक्रममा बोल्दै समाजका अध्यक्ष चौलागाईले यो संस्था कुनै राजनीतिक गर्ने थलो नभएर बिशुद्ध सामाजिक कार्य गर्न स्थापना भएकाले सबैले साथ सहयोग गर्नुपर्ने बताए।

उनले समाजमा बढ्दै गएको विसंगति, विकृति र भ्रष्टाचारजस्ता गम्भीर समस्याहरू विरुद्ध निर्भीक रुपमा लग्न र नागरिक हितको पक्षमा अग्रसर भएर सशक्त आवाज उठाउन नव गठित कार्य समितिलाई अनुरोध गरे।

कार्यक्रममा समाजका उपाध्यक्ष मोहन ढकाल,सह सचिव तारा श्रेष्ठ र नविन दाहाल,युवा संयोजक अमृत सिलवाल, सदस्यहरुमा धन बहादुर बस्नेत,अर्जुन भुजेल लगायतको उपस्थित रहेको थियो। कार्यक्रममा उपस्थित युवाहरुले पनि अहिले भ्रष्टचार, बेथिति र विसङती बढ्दै गएको भन्दै त्यसका लागि आवाज उठाउन समाजले महत्वपूर्ण भूमिका खल्ने बिश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here