माईमा करेन्ट लागेर एक भारतीय युवकको मृत्यु

0
242

विमल दहाल, इलाम ।

इलामको माई नगरपालिकामा एक व्याक्तिको करेन्ट लागेर मृत्यु भएको छ।

भारत किशनगन्ज जिल्ला करुवामणी पन्चायत सुरीभिट्टा गाउका २२ वर्षिय अफताव अफसर आलमको शनिवार साँझ ८ः३० वजे करेन्ट लागेर ज्यान गएको लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख प्रहरी नायव निरीक्षक सुर्य मोक्तानले जानकारी दिनुभयो।

माई नगरपालिका–२,माँझबारीमा निर्माणाधिन एक घरमा टायल फिटिङ गर्ने क्रममा शनिवार साँझ ६ः३० वजे करेण्ट लागेर सख्त घाइते भएपछि नजिकैको माई अस्पतालमा उपचारको लागी लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

मृतकका आमा अफसरी आलम सहित परिवारका सदस्य माई अस्पताल आई सर्जमिन मुचुल्का गरी मृतक छोराको जिम्मा लिएको छन् । मृतक आलामलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here