झापा, हल्दिबारी गाउँपालिका–३ मा सडक सरसफाइ र बृहत श्रमदान अभियान निरन्तर जारी रहेको छ।
वडा कार्यालयमा सम्पन्न सर्वपक्षीय भेलाले सार्वजनिक सडक क्षेत्रमा रहेका डाले–काले घाँस, कोसेबाली तथा अव्यवस्थित रुख–बिरुवाहरू हटाउने निर्णय गरेपछि हुलाकी सडक खण्डमा चरणबद्ध रूपमा अभियान सञ्चालन गरिएको हो।
पहिलो दिन देउनिया देखि भुसुडीसम्म गरिएको सरसफाइलाई निरन्तरता दिँदै दोस्रो दिन आइतबार भुसुडी देखि ढडुवा बजार खण्डसम्म श्रमदान गरिएको अभियानका सक्रिय युवा अभियान्ता अभिषेक खतिवडाले जनाएको छन।
वडा अध्यक्ष विष्णुप्रसाद ओलीले सडक क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विरुवा हटाउन सबै वडावासीलाई आग्रह गर्दै श्रमदानमा सहभागी हुने, सहयोग गर्ने र अभियानलाई सकारात्मक रूपमा लिने सबैप्रति धन्यवाद व्यक्त गरे।
उनका अनुसार अभियानलाई निरन्तर अघि बढाइने छ र तेस्रो दिन भोलि सोमबार ढडुवा खण्डदेखि काजली पुलसम्म सरसफाइ अभियान सञ्चालन गरिने छ।
स्थानीयवासीको उत्साहजनक सहभागीता र घर–घरबाट प्राप्त सहयोगका कारण अभियान प्रभावकारी बनेको वडा कार्यालयको भनाइ छ।
अभियानले सबै लाई अव्यवस्थित बोटबिरुबा हटाई सडकलाई खुल्ला बनाउने कार्य गर्ने गराउनका लागी परेर असल नागरिकको परिचय दिन सबै वडावासीमा आग्रह गरेका छन् ।






























