सुनसरी र मोरङबाट लागू औषध गाँजा सहित ८ जना पक्राउ

0
126

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ),

सुनसरी र मोरङको छुट्टा छुट्टा स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-२० स्थित जंगलबाट ७२ किलोग्राम लागू औषध गाँजा सहित धरान-२० का ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राईलाई पक्राउ गरेको छ।

यस्तै,२५ वर्षीय रंजित राई, धनकुटाको सहिदभुमी गाउँपालिका-३ का ३४ वर्षीय प्रदिप राई र धरान १३ का ३१ वर्षीय सन्तोष राईलाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा उर्लाबारी नगरपालिका-९ स्थितमा बा.३ च ७९८१ नम्बरको कारबाट ग्यालेन लुकाई छिपाई राखेको ५ लिटर कोरेक्स र नाईट्रोभेट १ सय ५० ट्याब्लेट सहित दमक नगरपालिका-४ का ४३ वर्षीय केदार ओझालाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

यस्तै,उर्लावारी नगरपालिका-४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लावारी-७ का ३२ वर्षीय सुजन सेन्दाङ लिम्बुलाई बा ७८ प ४०९८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । यसका साथै इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज गाउँपालिका-६ बुढी खोला स्थितबाट बेबारीसे अवस्थामा रहेको ५९ किलोग्राम लागू औषध गाँजा बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here