गाईगोरुको तस्करी रोक

0
87

नेपाल वैदिक सनातन हिन्दू धर्म मान्नेहरुको बाहुल्य भएको देश हो । यद्यपि वर्तमान संविधानले नेपाललाई धर्म निरपेक्ष भनेको छ, तर विगतमा जस्तै गाईलाई राष्ट्रिय जनावर स्वीकार गरिएको छ । त्यसैगरी पशुपंक्षी सम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ । त्यस्तै प्रतिरक्षा बाहेकको परिस्थितिमा गाई, गोरुलाई पिट्न, चोट पु¥याउन वा मार्न नपाइने उल्लेख छ । यदि कुनै कारणवश त्यसो भए वा गरिए कसुरदारलाई तीन वर्ष कैद हुने कानूनी व्यवस्था छ । यस अनुसार गाईगोरुलाई शारीरिक चोट पु¥याउने कार्य कानूनतः दण्डित मानिएको छ । तर, पनि नेपालमा गाईगोरुका सम्बन्धमा चर्चा र विवाद हुने गरेको छ । कतै राजनीतिक त कतै धर्मको निहुँमा हुने यस्ता विवादको निरुपण कानूनकै बाटोबाट हुन्छ भन्ने स्वीकार गरिएन भने परिणाम प्रत्युत्पादक बन्न सक्छ ।

नेपालमा गाईलाई विशेष महŒवका साथ हेरिन्छ । गाईलाई देवी लक्ष्मीका रुपमा पूजा गरिन्छ भने माताको पनि तुलना गरिन्छ । नेपाल त्यसै पनि धार्मिक एवम् सांस्कृतिक वैभवले समृद्ध देश हो, त्यसमाथि बहुसंख्यक नेपालीले गर्ने धार्मिक कार्य वा जन्म अथवा मृत्यु संस्कार सम्बन्धी कार्यमा गाई, गाईको दूध र दूधबाट बन्ने दही, घीऊ मात्र होइन मलमूत्र समेत पवित्र र अनिवार्य हुन्छ । यस्तो आस्था र श्रद्धाका प्रतीकका रुपमा रहेको गाई र भगवान शिवद्वारा संरक्षित देश नेपालमा गाईगोरुको तस्करी निर्वाध हुनु लज्जा र चिन्ताको कुरा हो । धर्म निरपेक्ष भएर पनि भारतमा गाईगोरुको निकासी पैठारीमा कडाइ गरिएको छ । तर, नेपालमा भने कृषि कार्यमा अनिवार्य गोरु प्रविधिको पहुँचले तस्करीको वस्तु बन्न पुगेको छ । जसको परिणाम नेपालका पूर्वी र दक्षिणी नाकाबाट गाईगोरुको अवैध तस्करी भइरहेको छ । झापाका पशु बजारमा खरिद गरिएका मात्र होइन पश्चिम नेपालबाट ट्रकमा राखेर ल्याइएका गाईगोरु समेत नकलबन्दा, बाहुनडाँगी, ज्यामिरगढी, केचना र झापा बजार क्षेत्रबाट भारततर्फ तस्करी हुने गरेको छ ।

गाई राष्ट्रिय जनावर भएकाले कानूनतः व्यावसायिक प्रयोजनका निम्ति विदेश निर्यात आयात गर्न पाइँदैन । एउटा जिल्लाबाट अर्को जिल्ला लान–ल्याउन पाइन्छ, तर त्यसका निम्ति वडा÷पालिकाको सिफारिस, स्वास्थ्य प्रमाणपत्र लगायतका कागजात अनिवार्य हुन्छ । तर, हामीकहाँ अनुमति प्राप्त संस्थाले सबै प्रक्रिया मिलाएर लाने गरेका छन् । झापाको काँकरभिट्टास्थित पशु क्वारेन्टाइन कार्यालयका अनुसार कागज मिलाएर ल्याएका गाईगोरु भारत नै जाने गर्छन् । कहिलेकाहीँ भारतीय प्रहरी एसएसबीले नेपालबाट लगिएका गाईवस्तु नियन्त्रण गरेको पनि छ, तर तस्करी रोकिएको छैन । कहिलेकाहीँ नेपालमा तस्करी गर्न लागिएका गाईगोरु सामातिन्छन् व्यक्ति पक्राउ पर्छन् तर यो क्रम रोकिएको छैन । नेपालबाट तस्करी गरिएका गाईगोरु भारत, बंगलादेश र भुटानसम्म पुग्नु, देवी र आमा मान्नेहरुका लागि राम्रो होइन । अझ तिनको प्रयोग बध गर्न, मासुको व्यापार गर्न हुनु हिन्दू धर्मावलम्वीको अपमानको विषय हो । त्यसैले संविधान, धर्म र परम्पराबिरुद्धको यस्तो घृणित कार्यमा संलग्न जो कोही दण्डित हुनुपर्छ र गाईगोरुको बाँच्न पाउने अधिकारको रक्षा हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here