झापा , निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भदौ ६ गते गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै विधेयकका केही बुँदा सम्सोधनको माग सहित आन्दोलनमा उत्रिएको प्याब्सनको केन्द्रीय समितिको निर्णय बमोजिम प्याब्सन झापाले आन्दोलनको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।
प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले दिएको जानकारी अनुसार झापाका सबै स्थानीय तहमा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने छ ।
यस्तो छ कार्यक्रमको तालिका
बिर्तामोड नगरपालिका – शैनिकमोड– विराटपोखर लाइनमा विद्यालयका सवारी साधनहरुमा व्यानर र कालो झण्डा राखी सवारी साधन सडकमा निकालेर नगर परिक्रमा गर्ने ।
मेची नगरपालिका – धुलावारी ,गाडागल्ली, इँटाभट्टा काँकरभिट्टा हुँदै मेचीनगर पालिका कार्यालाय अगाडि कोण सभा सञ्चालन गर्ने ।
भद्रपुर नगरपालिका – सोमबारेदेखि चन्द्रगढीसम्म ¥याली सहितको सभा सञ्चालन गर्ने ।
अर्जुनधारा नगरपालिका – शनिश्चरे बजारबाट ¥याली निकालेर नगरपालिका पुग्ने । सभाका लागि खुदुनावारी देखि अर्जुनधारा नगर भित्रका सबै विद्यालयका सञ्चालन र शिक्षक सहभागी रहने कार्यक्रम रहेको छ ।
वाह्रदशी गाउँपालिका – बाह्रदशी गाउँपालिका वडा नम्वर ६ मा रहेको भ्यू टावरबाट राजगढसम्म पुग्ने र गाउँपालिका आउने कार्यक्रम रहेको छ ।
कनकाई नगरपालिका – कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा बजारमा भेला भई नगरपालिकासम्म ¥याली सहित आउने र नगरपालिकाको कार्यालय अगाडि कोष सभा गर्ने कार्यक्रम तय भएको छ ।
दमक नगरपालिका – दमक चोकमा भेला भई बेलडाँगी रोड , फेसबुक चोक, फाल्गुनन्द चोक हुँदै पशुहाटमा कोण सभा गर्ने ।
गौरादह नगरपालिका – गौरादह बजारमा भेला भई नगरपालिका परिसर भित्र पुगी कोण सभ ागर्ने र दमक गौरीगञ्ज हाइवेमा सडकमा वस राखी शान्तिपूर्ण बिरोध गर्ने ।
कमल गाउँपालिका – केरखा बाजार परिक्रामा गरी गाउँपालिकासम्म पुगेर केरखा बजारमा आई कोण सभा सञ्चालन गर्ने ।
गौरीगञ्ज गाउँपालिका – गौरीगञ्ज बजारबाट खजुरगाच्छी हुँदै पुन गौरीगञ्ज चोकमा भेला भई कोण सभा गर्ने ।
शिवसताक्षी नगरपालिका – शिवगञ्जदेखि दुधे हुँदै नगरपालिका पुगेर कोण सभा गर्ने कार्यक्रम रहेको छ ।
हल्दिवारी गाउँपालिका– बडावारी, जलथल अधिकारी चोक , मंगलवारे बजार हुँदै गाउँपालिका परिसरमा पुगेर कोण सभा गर्ने कार्यक्रम रहेको छ ।
झापा गाउँपालिका – शरणामती कामाटोली हुँदै झापा बजार पुगेर कोण सभ ागर्ने कार्यक्रम रहेको छ ।
बुद्धशान्ति गाउँपालिका – शान्तिनगर, वर्ने, बुधवारे बजार हुँदै गाउँपालिका पुगेर कोण सभा गर्ने कार्यक्रम तय भएको छ ।
प्याब्सन झापाले आयोजन ागर्ने कार्यक्रमका विषयमा जिल्ला प्रशासन कार्यालय झापा सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा लाई जानकारी गराइएको छ । कार्यक्रममा सहयोगका लागि स्थानीय पालिका प्रहरी कार्यालय, सर्वसाधारण, नागरिक समाजका अगुवा, विद्वतवर्ग, , सञ्चारकर्मी सबैलाई आग्रह गरिएको प्याब्सन झापाका सचिव उप्रेतीले बताए ।
कार्यक्रम सञ्चालन गर्नका लागि प्याब्सनसहित एन प्याब्सन र हिसानका प्रमुख सहित प्रतिनिधि , विद्यालय सञ्चालक र शिक्षक कर्मचारीको सहभागीता रहने बताइएको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत सवारी साधनमा व्यानर र कालो झण्डा राखी सवारी साधन सडकमा निकालेर प्रर्दशन गरिने छ । विद्यालय सञ्चालन पछि निकालिएको विरोध सभा शान्तिपूर्ण हुने बताइएको छ ।
विद्यालय शिक्षा विधेयक अन्तत ः बिहीबार (भदौ ५) मा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको छ । उक्त विधेयकका निम्ति १३६ पटक समितिको बैठक बसेको थियो ।
तीन दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को फरक मतसहित बिहीबार विधेयक पारित भएको हो ।
प्रारम्भमा विधेयकका कुल १६३ दफा थिए । हाल १७४ दफा पुगेको छ । जसमा १४ दफा थपिएको छ । विधयेकमा ९८ दफामा संसोधन र तीन दफा हटाइएकोे छ ।
सदीय समितिबाट विधेयक पास भइसकेपछि संस्थागत विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले देश व्यापी रुपमा आन्दोलन गरिरहेका छन् । उनीहरू आजदेखि पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिइसकेका छन् । विधेयकबाट निजी शैक्षिक संस्थासम्बन्धी ‘अव्यवहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउन माग गरेका छन् ।
विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन् ।
यस्तै, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने माग उनीहरूको छ । यही माग पूरा गराउन प्याब्सन र एन–प्याब्सनले देश व्यापी रुपमा आन्दोलनमा उत्रिएको प्याव्सन झापाका अध्यक्ष छत्रवहादुर कार्कीले जानकारी दिए ।




























