आन्दोलनमा उत्रियो प्याब्सन , सडकमा गाडी उतारेर प्रर्दशन

0
273

झापा, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै आन्दोलनमा उत्रिएको प्याव्सनले शुक्रवार देशव्यापी रुपमा प्रदर्शन गरेको छ ।

विधेयकबाट निजी शैक्षिक संस्था सम्बन्धी ‘अव्यवहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउन मागसहित आन्दोलनमा उत्रिएको प्याव्सनले झापामा समेत आन्दोलन गरेको छ । विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने उनीहरुको माग छ । आन्दोलनमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याव्सन) झापाले झापाका सबै पालिकामा आन्दोलन गरेका थिए ।

विद्यालयका बसमा कालो झण्डा राखेर शान्तिपूर्ण ¥यालीमा सहभागी उनीहरुले जिल्लाका सवै स्थानीय तहमा कार्यक्रम गरेका छन् । प्याव्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीका अनुसार झापाका सबै स्थानीय तहमा कार्यक्रम गरिएको हो । प्याव्सनको आयोजनामा गौरीगञ्ज बजारबाट गौरीगञ्ज गाउँपालिका हुँदै खजुरगाछी बजार ,गौरीगञ्जको बुधबारे बजार त्रिमूर्ति चोक हुँदै गौरीगञ्जचोकमा कोणसभा गरिएको थियो ।

गौरीगञ्जमा १८ सवारी साधन सडकमा उतार्दै कार्यक्रम गरिएको थियो । यता गौरादह बजारबाट शुरु भई नगरपालिका परिक्रमा गरी डिपोचोक हुँदै पेट्रोल पम्पबाट पुनः गौरादह बजारसम्म ¥यालीको आयोजना भएको थियो । कमल गाउँपालिकामा केर्खा बजारबाट शुरु भएको ¥याली कमल गाउँपालिका हुँदै क्याम्पा बजार, समयगढ बजारमा कोणसभा गरिएको र ३२ वटा सवारी साधन सडकमा उतारिएको थियो ।

बाह्रदशी गाउँपालिका–६स्थित भ्यु टावरदेखि सिमलचोक, फूलबारी, चकचकी हुँदै राजगढ बजार परिक्रमा गरी राजवंशी चोकमा कोणसभा गरिएको थियो । यता बिर्तामोडका निजी विद्यालयहरूले सैनिक मोडमा सवारी साधन जम्मा गराई बिर्तामोड मुक्तिचोक हुँदै महानन्दचोकबाट पूर्व माता मन्दिर हुँदै धर्मकाँटा रोडबाट सिटी सेन्टर हुँदै पुनः मुक्तिचोक आई चारपानेसम्म ¥यालीको आयोजना गरेका थिए । ¥यालीमा २१७ वटा सवारी सडकमा उतारिएको थियो ।

दमकमा निजी विद्यालयहरूले दमकचोकबाट आकाशे पुल हुँदै भृकुटी चोक, नगरपालिका परिक्रमा गरी बसपार्कसम्म कोणसभाको आयोजना गरेका थिए । सो क्रममा १५२ वटा सवारीसाधन सडकमा उतारिएको थियो । कनकाई नगरपालिकामा सुरुङ्गा बजारबाट घैलाडुबासम्म ५७ सवारी साधनसडकमा उतारिएको थियो । सवारीमा कालो झण्डा सहित ¥यालीको आयोजना गरिएको थियो । मेचीनगरका निजी विद्यालयहरूले बाहुनडाँगी बजारबाट धुलाबारी, चारआली, धाइजन हुँदै मेचीनगर नगरपालिका अगाडि कोणसभा गरेका थिए ।

उनीहरुले नगरभित्र सञ्चालित विद्यालयका ६८ वटा सवारी साधन सडकमा उतारेका थिए । भद्रपुरका निजी विद्यालयहरूले भद्रपुर–१ सोमबारे चोकबाट जिल्ला प्रशासन कार्यालय हुँदै लेखनाथ चोकसम्म ८५ वटा सवारी साधन ¥यालीमा उतारेका थिए । बुद्धशान्तिका निजी विद्यालयहरूले बुधबारे बजार परिक्रमा पछि बुद्धशान्ति गाउँपालिका हुँदै पुलचोकमा आएर कोणसभा गरेका थिए । उनीहरुले बिरोध कार्यक्रममा ३० वटा सवारी साधन सडकमा उतारेका थिए । अर्जुनधारा नगरपालिकाका निजी विद्यालयहरूले शनिश्चरे बजारबाट महानन्द चोक, कप्तानबारी हुँदै ओमचोकबाट नगरपालिका परिक्रमा गरी शनिश्चरे बजारमा कोणसभा गरेका थिए ।

उक्त कार्यक्रममा ५८ वटा सवारी साधन सडकमा उतारिएको थियो । हल्दिबारीका निजी विद्यालयहरूले मङ्गलबारे चोकबाट हल्दिबारी गाउँपालिका हुँदै गोलधाप, हल्दिबारी र जलथलसम्म ¥यालीको आयोजना गरेका थिए । ¥यालीमा १३ वटा सवारी साधन सडकमा उतारिएको थियो । शिवसताक्षीका नगरपालिकाका निजी विद्यालयहरूले शिवगञ्ज बजारदेखि दूधे बजार हुँदै शिवसताक्षी नगरपालिका अगाडि परिक्रमा गरी २० वटा सवारी साधनलाई सडकमा उतारेका थिए । झापा गाउँपालिका कार्यालय अगाडि सवारी साधन भेला गराई गाउँपालिका तथा शिक्षा शाखाका प्रमुखहरूलाई शान्तिपूर्ण आन्दोलनको जानकारी दिँदै सवारी साधनलाई झापाबजार पन्थापारा राधा बस्ती पुरानो शरणामती शरणामतिबाट पुनः गाउँपालिकामा आई कोणसभा गरिएको थियो । सो कार्यक्रममा १९ वटा सवारी साधनलाई शान्तिपूर्ण आन्दोलनमा उतारिएको प्याव्सन झापाका सचिव उप्रेतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here