समाजसेवी आचार्यद्वारा जेष्ठ नगरिक समाजलाई एक लाखको अक्षय कोष स्थापना

0
76

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ),

मोरङको सुन्दरहरैंचा नगरपालिका – ३ गछियामा रहेको साथी कम्युनिकेसन संचालक तथा सामाजिक व्यक्तित्व निरन्जन प्रसाद आचार्यले जेष्ठ नागरिक सेवा समाज सुन्दरहरैंचा वडा नम्बर – ३ लाई १ लाखको अक्षय कोष स्थापना गरेका छन् ।

सामाजिक व्यक्तित्व आचार्यले कुशे औंसी तथा बावुको मुख हेर्ने दिनको अवसर पारेर आफ्ना स्वर्गीय पिता देव नारायण प्रसाद आचार्य तथा माता शारदा देवी आचार्य स्मरणमा जेष्ठ नागरिक सेवा समाजलाई १ लाखको अक्षयकोश स्थापना गरेका हुन्। उनले १ लाख बराबरको चेक जेष्ठ नगरिक समाज सुन्दरहरैंचा – ३ का अध्यक्ष भीम बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्।

उनले स्थापना गरेको कोषबाट आएको व्याजले प्रत्येक बर्ष बावुको मुख हेर्ने दिनमा असहाय र बिप्पन्न वर्गका जेष्ठ नागरिकलाई सम्मान गरिनेछ। यसैगरी उनले जेष्ठ नागरिक सेवा समाजलाई ५ थान सिलिङ्ग पंखा पनि सहयोग गरेका छन्।

जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको पिता सम्मान कार्यक्रममा बोल्दै उनले आफूले पनि सानैमा बाबआमा गुमाएको भन्दै बुबा आमाको सम्मानका लागि जेष्ठ नगरिक समाजमा अक्षय कोष स्थापना गरेको बताए। उनले आफू सानै उमेरमा बुबाआमा गुमाएकाले सम्मान कार्यक्रममा अन्य बुबाहरुलाई देख्दा भावुक बनेका थिए।

उनको माता पिताको सम्झनामा जेष्ठ नागरिक तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले १ मिनट मौन धारण समेत गरेका थिए। यसअघि पनि सामाजिक व्यक्तित्व आचार्यले विद्यार्थीहरुलाई लक्षित गरी टाइपिङ प्रतियोगिता सेसन २०८२ कार्यक्रम गरेका थिए।

साथै उनले सम्पुर्ण विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर हार्डवेयर रिपेयरिङ्ग कोर्स प्रदान गरिरहेका छन्। करिव ५ महिना अघि मात्र संचालनमा आएको साथी कम्प्युटर लर्निंङ सेन्टरले धेरै विद्यार्थीहरुको मन जित्दै आएको बताईएको छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here