सल्यान।

आफ्नै घरको बार्दलीबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका– ४, झङ्खानी निवासी ५७ वर्षीय दयनबहादुर खत्रीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार राति करिब १ बजेतिरको समयमा बार्दलीबाट लडेर अचेत हुुनुभएको उहाँलाई उपचारका लागि श्रीनगरस्थित कर्णाली अस्पतालमा लगिएको थियो ।
उपचारकै क्रममा दयनबहादुरको शनिबार बिहान ४ः२० बजेतिरको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।































