हाइड्रोपावरमा करेन्ट लागेर जेसीबी चालक मृत्यु

0
76

पाँचथर,

पाँचथरको हिलिहाङ गाउँपालिका-७ हेवाखोलामा रहेको माउन्टेन हाइड्रोपावरमा कार्यरत एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो दिउँसो ३ बजे हाइड्रोपावरको ग्राबेल ट्यापमा बेल्चाले बालुवा सफा गर्नेक्रममा ओखलढुङ्गा लिखु गाउँपालिका-६ घर भई सोही हाइड्रोपावरमा जेसीबी चालकको रुपमा कार्यरत ३० वर्षीय लोकेन्द्र बिकलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी चौकी जोरपोखरी पाँचथरमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here