
हिजो जस्तो लाग्छ २४० वर्षको
आयु बोकेका तिनका बा हजुरबाका
मलामी गएको आज तिनको पनि
मलामी जानुपर्दा अप्रत्यासित लागेको छ ।
हुन त छिमेकी शक्तिसँग मिलेर
घाँटी निमोठेका थिए आफ्नै बा का
जनताको उज्ज्वल भविष्य
गरीबको धनी बन्ने
अनि,
परदेशीहरुको घर फर्कने सपनाहरू
मातृभूमिको कठालो समाउँदै तिनैले
आज तिनले जन्माएका सन्तानको
पनि हत्या गरेका छन् कति सजिलै ।
निरंकुशता र अन्यायबिरुद्ध
आवाज उठाउँदै सुन्दर नेपालको
आशामा जन्माएको त्यो रहरलाग्दो सन्तानलाई
हिजो बा का हत्याराहरुले धेरै टिक्न दिएनन् ।
आज भ्रष्टाचारको जालोले थिचिएर
गरीबहरुको आँशुले पिल्सिएर
न्याय नपाएका कैयौं पीडितहरूको
उत्पीडनहरुले दबिएर १५–१६ वर्षको अल्पयायुमै
गणतन्त्र सँगै सरकार पनि मरेको छ त्यसैले
म दिँदैछु गणतन्त्रको मलामी जाने सूचना ।
मेचीनगर–१४, झापा



























