ढल्केबर–जनकपुर–जटहीसम्मको ३५ किलोमिटर सडकमा विद्युतीकरण

0
83

धनुषा,

ढल्केबरदेखि जनकपुर हुँदै जटहीसम्मको ३५ किलोमिटर सडकमा विद्युतीकरण भएको छ । चार करोड ३८ लाख ८९ हजार रुपैयाँको लागतमा यो सडकमा विद्युतीकरण भएको सडक डिभिजन कार्यालय जनकपुरले जनाएको छ ।

कार्यालयका अनुसार सडकका दुवै किनारमा खम्बा गाड्नुका साथै सौर्य प्यानल जडान गरिएको छ । सडक किनारमा विद्युतीकरण भएपछि बटुवालाई राति हिँडडुल गर्न सहज भएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर दारोगाप्रसाद साहले ढल्केबर–जनकपुरधाम–जटही सडक खण्डमा ‘फ्लाई ओभर’ निर्माणको योजना रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here