रियालिटी सोका विभिन्न चरणमा पुगेका विद्यार्थीहरुलाई सप्तकको सम्मान

0
66
अर्जुनधारा । 
झापाको बिर्तामोड नगरपालिका–५ स्थित सप्तक संगीतालयले राष्ट्रियस्तरका दुई रियालिटी सोका विभिन्न चरणमा पुग्न सफल आफ्ना विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमकोबीच सम्मान गरेको छ ।
कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा संगीतालयको कार्यालयमा आयोजित सम्मान कार्यक्रममा भ्वाइस किड्स सिजन–४ र सारेगमप लिटल च्याम्स नेपाल सिजन–२का जम्मा सात जना विद्यार्थीलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा भ्वाइस किड्स सिजन–४का फाइनलिस्ट स्मयन बजगाईं, सेमी फाइनलिस्ट आलिया अधिकारी, लाइभ राउण्डमा पुग्न सफल स्वर्णीम लिम्बू र बेटल राउण्डमा पुग्न सफल लिरीक्स राज्यलक्ष्मी पौडेल रहेका छन् ।
त्यसैगरी अन्य सम्मानित हुनेहरुमा सारेगमप लिटल च्याम्स नेपाल सिजन–२का टप १५मा पुग्न सफल अनन्त मिश्र, टप २५मा पुग्न सफल अपेक्षा भण्डारी र टप ४०मा पुग्न सफल विज्ञान डाँगी रहेका छन् ।
संगीतालयकी सल्लाहकार चित्रा पौडेलको अध्यक्षता र साहित्य चौतारी झापाका संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अभिभावकसहित उपस्थित भएका उनीहरुलाई मायाको चिनोसहित खदा ओढाई सम्मानित गरिएको थियो ।
सोही कार्यक्रममा संगीतालयका गायन प्रशिक्षक अर्पण सापकोटालाई पनि दोसल्ला ओढाई सम्मानित गरिएको थियो । युवा व्यवसायी विदुर खनाललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
संगीतालयका संस्थापक कुशल पौडेलले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन संस्थापक सदस्य आकृती खतिवडा पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here