सार्वभौमिकताको रक्षा गर

0
50

स–साना टुक्राहरुमा विभाजित बाइसे र चौबीसे राज्यहरुलाई एकीकरण गरी विशाल नेपालको जग बसाल्ने राजा पृथ्वीनारायण शाह फेरि एकपटक नेपालीको मन र मस्तिष्कमा ताजा बनेर आएका छन् । असल राजा र कुशल शासकमा हुनुपर्ने राजनीति, कुटनीति, युद्धनीति लगायतका गुणहरु र योगदान बिर्सिएका दिन न नेपाल रहन्छ, न त नेपालीको स्वतन्त्र र स्वाभिमान । उनले विभिन्न सन्दर्भमा आफ्ना भाइभारदारहरुलाई दिएको सुझाव, सल्लाहका वाणीहरु दिव्योपदेशका रुपमा आज पनि ताजा र स्मरणीय छन् । एउटा स्वतन्त्र, स्वाधीन, समृद्ध र विशाल राष्ट्रको संरक्षण तथा सम्बद्र्धन गर्न के–कस्तो क्षमता र कुटनीति आवश्यक पर्छ भन्ने उनका वाणीहरु आजपर्यन्त ग्रहणयोग्य र कालजयी छन् ।

राजा पृथ्वीनारायण शाहका दिव्य वाणीहरु मध्येको एक थियो– शासकहरुमा हुनुपर्ने कुटनीतिक क्षमताका विषयमा । ‘यो राजे दुई ढुंगाबीचको तरुल– जस्तो रहेछ, चीन वादशाहसित ठूलो घाहा राष्नु । दषिनको…वादसाहसित घाहा त राष्नु तर, त्यो महाचतुर छ । हिन्दूस्थान दबाई राषे छ ।’ वडामहाराजाधिराजको उल्लेखित वाणी अहिले सत्य भएको छ । त्यसो त दुई ठूला र समृद्ध देशका बीचमा रहनु आफैंमा जोखिमपूर्ण हुन्छ, त्यसमाथि दक्षिणतर्फको छिमेकी देश भारतसँग धेरै अघिदेखि सीमा विवाद रहेको छ । पृथ्वीनारायण शाहले भने जस्तै भारतले चतु¥याइपूर्वक सीमा अतिक्रमण गरिरहेको छ र हामीले केबल निरिहता प्रकट गरिरहेका छौं । हाम्रा शासकहरुले तिनै दिव्योपदेशको मनन् गर्ने सामथ्र्य राखेको भए हामीले दबिएर, हेपिएर र थिचिएर बस्नु पर्ने थिएन । दिव्योपदेशलाई फेरि सम्झाएको छ नेपालीलाई दुई छिमेकी भारत र चीनले नेपाली भूमिमाथि बलमिच्याइँ गरेर सीमा व्यापार गर्ने सहमति गरेका छन् । लामो समयदेखि दाबी गरिरहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारत र चीनले व्यापारिक सम्झौता गरेर नेपाली स्वाधीनतामाथि आक्रमण गरेका छन् ।

नेपालको सार्वभौमिकता माथि छिमेकीहरुको यो आक्रमणले प्रथमतः शासकहरुको मन दुख्नुपर्ने हो । भारतले अतिक्रमण गरेको नेपाली भूमि हुँदै व्यापार गर्न तिनै छिमेकी देश तयार हुनु नेपालप्रतिको हेपाहा व्यवहार हो । यद्यपि नेपालले इतिहासदेखि नै भारतको यस्तो प्रवृत्तिको विरोध गर्दै आएको छ । राजा महेन्द्रकै समयमा भारतले त्यहाँ राखेका सैनिक क्याम्प हटाएका थिए । यसले उसको मिचाह चरित्रको प्रमाण दिन्छ । त्यसयता एउटा क्याम्प पनि हटाउन नसकेका सरकारले बरु पटक–पटक सम्झौताका नाममा राष्ट्रघाती सन्धिहरु गरेका छन् । राजनीतिक दलहरुको सत्ता र स्वार्थ केन्द्रीत चरित्रले हाम्रो कुटनीतिक क्षमता कमजोर बनाएको छ । अहिले नै विपक्षीहरुलाई कुनामा पु¥याएर सत्तामा निरंकुश भएर टिक्ने रणनीतिले राजनीतिमा विकृति, वैदेशिक हस्तक्षेप बढ्दै गएको छ । जनताले नरुचाएका, अयोग्य व्यक्ति उच्च पदमा आसिन छन् । स्वार्थ पूरा गर्न जस्तोसुकै सम्झौता गर्न लाग्ने तयार हुने राज्य सञ्चालकहरुको मानसिकता र कमजोर कुटनीतिक क्षमताले उत्पन्न यो अवस्था नेपालीका लागि चिन्ताको विषय हो । प्रधानमन्त्री केपी ओली दुबै देशको भ्रमण जाने समयमा भएको यो सहमतिको उनले कडा रुपले प्रतिवाद गर्नुपर्छ र स्वाभिमानको रक्षा गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here