८ महिनामा ३ हजार जनाभन्दा धेरैले दक्षिण एशियाकै पहिलाे मानिएकाे सुरुङमार्ग अवलाेकन गरे

0
62

मकवानपुर,

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको चुरियामाई सुरुङमार्ग खुला गरेको ८ महिनामा ३ हजार जनाभन्दा धेरैले अवलोकन गरेका छन् ।

दक्षिण एशियाकै पहिलो मानिएको सुरुङ अवलोकन गर्नेहरूको सङ्ख्या बढिरहेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी पुग्ने गरेका सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

लामो समयसम्म जीर्ण रहेको सुरुङमार्ग पुनर्निर्माण गरेर २०८१ साल पुस ८ गते पर्यटकका लागि खुला गरिएको हो । ४ करोड ५७ लाख रुपैयाँमा प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सुरुङको पुनर्निर्माण गरी व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

पर्यटकबाट १ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हेटौँडा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीले जानकारी दिनुभयो । सुरुङमार्ग अवलोकनका लागि नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १ सय रुपैयाँ र विद्यार्थीलाई प्रतिव्यक्ति २० रुपैयाँ निर्धारण गरिएको छ ।

मधेश प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने सुरुङमार्ग १९७४ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सुरुङमार्गबाट २०२० सालसम्म गाडी सञ्चालन हुँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here