झापा, शिक्षा विधेयकमा कतिपय प्रावधानहरु निजी विद्यालयको हित विपरीत रहेको भन्दै आन्दोलनमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भोलि भदौ ९ गते कोशी प्रदेशसभा भवन अगाडि बिरोध प्रर्दशन गर्ने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भई संसदमा पेश भएको प्रस्तावित शिक्षा विधेयक प्रति असहमति जनाउँदै आन्दोलनमा रहेको प्याब्सनले केन्द्रीय कार्यक्रम अनुसार कोशी प्रदेशमा समेत बिरोधका कार्यक्रम सञ्चालन गर्न लागेको हो । जसका लागि कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व गर्दै प्याप्सन कोशीको अगुवाइमा प्रदेश सभा भवन अगाडि भेला भएर शान्ति पूर्ण विरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।
विरोध प्रर्दशनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले समेत सहभागीता जनाउने भएको छ । जसका लागि झापाबाट सबै पालिका अध्यक्ष तथा प्याब्सन झापाका पदाधिकारीको सहभागीता रहने प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार प्रदेश सभा भवन अगाडि उपस्थित भई व्यानर तथा कालो झण्डा सहित शान्तिपूर्ण सभा एवम् विरोध ¥यली लगायतका कार्यक्रम गरिने छ ।
विहान ११ बजे महेन्द्र चोकमा भेला भएर विरोध ¥याली निकालिने र प्रदेश सभा भवन अगाडि पुगेर प्रर्दशन गर्ने कार्यक्रम रहेको प्याव्सन झापाका सचिव उप्रेतीले बताए ।
कार्यक्रममा सहभागीताका लागि केन्द्र, प्रदेश, जिल्ला र पालिका कार्यसमितिमा रहनु हुने पदाधिकारी, सल्लाहाकार , सदस्य, पूर्व पदाधिकारी, पूर्व सल्लाहाकार, पूर्व सदस्य, लगायत सम्पूर्ण संस्थापक प्रिन्सिपल तथा विद्यालय प्रतिनिधिलाई समेत अनिवार्य सहभागीताका अनुरोध गरिएको छ ।
एक सदस्य विद्यालय एक प्रतिनिधि अनिवार्य रहने गरी सहभागीता गराउन सबै पालिका अध्यक्षज्यूलाई अनुरोध गरिएको छ । यस अघि झापामा समेत विभिन्न चरणमा कार्यक्रम सम्पन्न गरिएको छ ।





























