ब्रह्मकुमारीको अगुवाईमा ११८ जनाद्वारा रक्तदान

0
91

बिर्तामोड ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र अर्जुनधारा–६ बिर्तामोड समाजसेवा प्रभागको आयोजनामा रक्तदान महाअभियान अन्तर्गत सोमबार बिर्तामोड–४ ओमशान्ति टोलस्थित राजयोग भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधार–६ बिहानी टोलस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका रञ्जना दिदीको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महातारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्रह्माकुमारी पूर्णिमा दिदीले स्वागत गरेकी थिइन् ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा, सञ्जिवनी हस्पिटलका मुटुरोग विशेषज्ञ डाक्टर सिपी यादव, रेडक्रस अर्जुनधाराका सभापति विष्णु आचार्य लगायतले मन्तव्य राख्दै ब्रह्माकुमारीको परोपकारी कार्यको प्रशंसा गरेका थिए ।

त्यस अवसरमा बिर्तामोड सेन्टर अन्तर्गत ८७ जना र शनिश्चरे पाठशालामा ३१ जना गरी ११८ जनाले रक्तदान गरेको ब्रह्माकुमार लक्ष्मण भाइले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here