ताप्लेजुङ ।

ताप्लेजुङमा कार्यरत नेपाल प्रहरीका असई इन्द्रबहादुर भुजेलको शौचालय जाँदा लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कन्ट्रोल रुम दरबन्दी कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भुजेल डिउटी जाने क्रममा शौचालय जाँदै गर्दा अचानक लडेका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । उनी झापा मेचीनगर १० धुलाबारी निवासी भएको बतथाइएको छ ।
उनकी श्रीमती पनि असई रहेकी छन् । उनकी श्रीमती विनीता शेर्पा इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत रहेको जनाइएको छ ।





























