राप्रपा झापा अध्यक्षमा पुनः ओझा

0
110

झापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पुनः केशव ओझा चयन भएका छन् । उनी दोस्रो कार्यकालका लागि झापाको अध्यक्ष मा चयन भएका हुन् ।
यस अघि उनी दुईपटक जिल्ला सचिव भएका थिए । राप्रपाको विधानमा कुनै पनि पदमा दुई कार्यकाल रहन पाउने व्यवस्था गरिएको छ । बिर्तामोडस्थित अतिथि सदनमा भएको अधिवेशनले ओझाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति घोषणा गरेको छ । वाँकी १२ जना सदस्य अध्यक्षले मनोनयन गर्ने विधानत व्यवस्था भएकाले उनीहरुलाई पछि चयन गरिने बताइएको छ ।
अध्यक्ष ओझालाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमाणपत्र प्रदान गरेका थिए । उनीसंगै जिल्लाका पादाधिकारी, पालिका अध्यक्ष सहितका पदाधिकारी र क्षेत्रीय अध्यक्ष सहितका पदाधिकारीलाई समेत प्रमाणपत्र बितरण गरिएको थियो ।
अध्यक्ष ओझाको नेतृत्वमा निमसरी राजवंश, विष्णु गिरी, दिपेश राई, टीकाराम (चक्र) फूयाल, राजकुमार योङ्या, लक्ष्मी देवी मैनाली, अस्मिता खरेल, सूर्य खतिवडा, सीता लम्साल, युवराज लुइटेल, प्रकाश वस्नेत, सेलिना राई , विष्णु पौडेल सदस्य रहेका छन् ।
यसैगरी टिकाराम बराल, वावुराम पराजुली, शिववहादुर कटुवाल, नम्दलाल राजवंशी, इन्दिरा रिजाल, छविलाल लम्साल , शंकर प्रसाद रिजाल, रामकुमार लिङ्खिम, कुल वाहदुर(कुमार) थापा, प्रविण रिाजाल, संगीता रौनियार, पशुपति पोखरेल, खेम कार्की सत्यनारायण यादव, शारदा वुढाथोकी, हर्क तामाङ, प्रेम फुयाल, गंगादेवी दुलाल, चित्रा श्रेष्ठ, देवीवहादुर थापा, खगेन्द्र पाण्डे, भीम वहादुर वस्नेत, वालिका रायमाझी, कृष्ण माया थापा , राम न्यौपाने रहेका छन् ।
पालिका अध्यक्ष सहितका पदाधिकारी यस अघि नै सम्पन्न अधिवेशनले चयन गरेकाले उनीहरुलाई समेत प्रमाणपत्र बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्देनले १५ वटै पालिका अध्यक्षहरुलाई प्रमाणपत्र र नव प्रवेशीहरुलाई सदस्यता प्रदान गरेका थिए ।
अध्यक्ष लिङ्देनले मेचीनगर अध्यक्ष चन्द्र निरौला, वुद्धशान्ति अध्यक्ष गणेश प्रदाद खरेल, अर्जुनधारा अध्यक्ष हर्कजंघ लिम्बू, बिर्तामोड अध्यक्ष लक्ष्मी प्रसाद गौतम, कनकाई गोपाल चुडाल, शिवसताक्षी, मणि प्रसाद खड्कालाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कमल गाउँपालिका राप्रपा अध्यक्ष खड्ग वहादुर श्रेष्ठ, दमक हेम सुवेदी, गोरादह शान्तिराम पौडेल, गौरीगञ्ज अध्यष नम्दु थापा, झापा गाउँपालिका प्रेम प्रसाईलाई प्रमाणपत्र अध्यक्ष लिङ्देन आफैंले प्रदान गरेका थिए ।
वाह्रदशी गाउँपालिका राप्रपा अध्यक्ष पीवी कटुवाल, हल्दिवारी अध्यक्ष एकराज रानामगर, कचनकवल गाउँपालिका राप्रपा अध्यक्ष लक्ष्मीनारायण यावद, भन्रपुर राजकुमार राईलाई अध्यक्षको जिम्वेदारी दिएको र उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राप्रपाका केन्द्रीय अध्यक्ष लिङ्देनले पालिका अध्यक्षको प्रमाणपत्र दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here