सुन्दरहरैंचा (मोरङ),

मोरङको सुन्दरहरैचामा निवृत राष्ट्रसेवक समाज नेपालले ८५ औं निवृत्तभरण दिवस मनाईयो छ। सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरको आफ्नै कार्यालयमा ८५ औं निवृत्तभरण दिवस मनाएको हो।
कर्यक्रममा सहभागीहरुले योजना निर्माणदेखि हेरक क्षेत्रमा विज्ञको आवश्यकता पर्ने भएकोले भूपू कर्मचारीहरूलाई अनुभवको आधारमा स्थानीय सरकारले विज्ञमा नियुक्ति गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बिनाेद चापागाईं, प्रकाश चन्द्र खतिवडा र तिलप्रसाद गुरागाइले कविता मार्फत आफ्नो धारणा राख्दै निवृत राष्ट्रसेवकको सेवा, सुविधा पाउनु पर्ने बिषयमा सरकार गम्भीर रुपमा लाग्नु पर्ने जोड दिएका थिए ।
कार्यक्रम समापन गर्दै समाका अध्यक्ष उमाकान्त चौलागाईंले राज्यलाई सेवा गरेर अवकाश पाएपछि अब समाजलाई सेवा गर्नुपर्छ भन्ने मान्यता राख्दै निवृत्त राष्ट्रसेवक समाजले बिकृती बिसंगतिलाई परिस्कृत गर्दै अघि बढ्नु पर्ने उल्लेख गरेका थिए।





























