लागूऔषधसहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

0
115

मोरङ,

लागूऔषधसहित एकजना सशस्त्र प्रहरी हवल्दार पक्राउ परेका छन् ।

गएराति ८ बजे मोरङको रतुवामाई नगरपालिका १ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालीनी मोरङ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगा मोरङमा कार्यरत पर्सा बिरगंज ७ रानीघाट बस्ने ३४ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिस गिरी लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनी सुत्ने ओछ्यानको सिरानीमुनि खुकुरी चुरोटको बट्टाभित्र कालो रंगको प्लाष्टिकमा लुकाई छिपाई राखेको अबस्थामा प्लाष्टिकसहित ४८० मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।

उनलाई लागूऔषधसहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here