आठ हजार गाँजाको बोट तथा बेर्ना नष्ट

0
94

भोजपुर ।

भोजपुरका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका लागूऔषध गाँजाको आठ हजार बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत डाँडा पाखामा अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियानको क्रममा यो साता भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले गाँजाका बोट नष्ट गरेको हो ।

हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडाका करिव ४३ रोपनी क्षेत्रफलमा आफै उम्रिएका चार हजार दुई सय वटा गाँजाको बोट र तीन हजार आठ सय गाँजाको बेर्ना फडानी गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले डाँडा पाखामा उम्रिएका लागूऔषध गाँजाको बोट तथा बेर्नालाई निरन्तररुपमा फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here