पथरी शनिश्चरे ।

पूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ ।
गएको सोमबारदेखि सुरु भएको उक्त बजार अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको हो। आज पनि पथरी शनिश्चरे–१ को पथरी बजार क्षेत्रमा नगरकी उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारका विभिन्न औषधि तथा अन्य खाद्यान्न पसलहरूमा अनुगमन गरिएको थियो।
मन्दिर लाइनमा रहेका १० वटा पसलहरूको अनुगमन निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा पसलहरुको दर्ता भए– नभएको र दर्ता भए नवीकरण भए नभएको निरीक्षण गरिएको थियो । सोही क्रममा पूर्वाञ्चल कोल्ड सेन्टर होलसेल तथा खुद्रा पसलमा म्याद गुज्रेको अत्यधिक पेय पदार्थहरु फेला परेका थिए।
सोहि अनुगमनमा स्वास्थ्य अधिकृत तथा अनुगमन निरीक्षक एकराज खत्री, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, अनुगमन समितिको सदस्य अन्जना शिवा, वडा नं। १ का वडा सदस्यद्वय आरती विश्वकर्मा, बसुन्धरा गुरुङ र नगर प्रहरी लगायतको सक्रिय उपस्थिति थियो ।































