झापा, । नेपालको शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान पु¥याएपनि सरकारले लगानीकर्तालाई हतोत्साहित बनाएको शैक्षिक अभियन्ताहरुले बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सरकारले ल्याउन लागेको शिक्षा विधेयक निजी क्षेत्रलाई हतोत्साहित पार्ने गरिको रहेको र त्यसलाई तत्काल संशोधन गरिनुपर्ने माग राखे ।
प्याव्सन झापाको सभाहलमा सञ्चारकर्मीसंग भएको कार्यक्रममा उनीहरुले नेपालको शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयको योगदान धेरै रहेपनि निजी विद्यालयलाई तहसनहस बनाउने गरी शिक्षा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाए ।
विद्यालय शिक्षामा निजी विद्यालयको योगदान ९० प्रतिशत रहेको दावी गर्दै उनीहरुले निजी क्षेत्रलाई अव्यवहारिक नियम लादेर तहसनहस बनाउन खोजेको बताए ।
कार्यक्रममा बोल्दै संस्थागत शिक्षालय बचाउ संघर्ष समिति संयोजक तथा प्याव्सनका निर्वतमान केन्द्रीय सल्लाहकार गोविन्द लम्सालले माध्यमिक शिक्षामा निजी विद्यालयको नतिजाका आधारमा ९० प्रतिशत योगदान रहेको बताए । उनले सामुदायिक विद्यालयको नतिजाका आधारमा हेर्ने हो भने १० प्रतिशत योगदान मुस्किलले रहेको भन्दै सरकारले ल्याउन लागेको विधेयकको विरोध गरे ।
शिक्षा विधेयक आउनु राम्रो हो उनले भने – तर, विद्यालय शिक्षामा नतिजाका आधारमा ९० प्रतिशत योगदान गर्ने निजी विद्यालयलाई सास्ने गरी शिक्षा विधेयक ल्याउनु सरासर गलत हो ।
सरकारले निजी विद्यालयलाई प्रविधिक शिक्षासमेत पढाउन नदिएको उनको आरोप छ । विद्यालयलाई गैर नाफामुलक बनाउनु पर्ने बाध्यकारी नियम लादेपछि कसरी विद्यालय शिक्षामा विद्यालय सञ्चालकले लगानी गर्छन् । विद्यालयलाई गुठीमा रुपान्तरण गर्ने गरी शिक्षा विधेयक ल्याउन खोजेको भन्दै उनले आपत्ति जनाएका छन् ।
त्यस्तै संस्थागत शिक्षालय बचाउ संघर्ष समितिका सदस्य तथा एन प्याव्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष जयवहादुर श्रेष्ठले सरकार आफूपनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैन अनि निजी विद्यालयले विद्यार्थीलाई प्रदान गरेको गुणस्तरीय शिक्षा देख्न सक्दैन । सरकारको यो कस्तो निती हो उनले प्रति प्रश्न गरे ।
निजी क्षेत्रले शिक्षा क्षेत्रको विकासका लागि ६ खर्ब भन्दा माथि लागनी गरेको र दुई अर्ब बढी सरकारलाई कर तिर्दासमेत विद्यालय सञ्चालकलाई राज्यले हेर्ने नजर विभेदकारी रहेको भन्दै श्रेष्ठले आपत्ति जनाए । नेपालका चार लाख भन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको निजी विद्यालय सञ्चालकको घाटी निमोठ्ने गरी ल्याउन लागिएको शिक्षा विधेयक आफूहरुलाई मान्य नभएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीले निहित स्वार्थका कारण केही सांसदको अगुवाईमा निजी विद्यालयलाई तहसनहस बनाउने गरी शिक्षा विधेयक ल्याउन लागिएको आरोप लगाए । संसारमा शिक्षा निःशुल्क नरहेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि एक जना विद्यार्थी बरावर सरकारले ४२ हजार रुपैयाँ खर्च गर्दै आएको दावी गरे ।
निजी विद्यालयले सरकारको तुलनामा ज्यादै न्यून शुल्कमा विद्यार्थी पठनपाठन गराइ रहेको र सुलभ रुपमा शिक्षा प्रदान गर्ने विद्यालय मास्ने गरी शिक्षा विधेयक ल्याउन लागेको भन्दै आपत्ति जनाए । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान नगरेकै कारण देशभरका ७२९ विद्यालय गाभिए÷बन्द भए । यस्तो अवस्थामा नेपालको शिक्षा प्रणाली सुधार्न निजी विद्यालयको योगदान उच्च भएपनि हामीलाई सधै सरकारले हतोत्साहित्त गरिहरन्छ भण्डारीले भने ।
प्याव्सन झापा सहित नेशनल प्याब्सन झापा, हिसान झापा, उपेन झापा र नेपाल मन्टेश्वरी एशोसिएसन झापाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले सरकारले ल्याउन लागेको शिक्षा विधेयक कम्पनी ऐनसंग बाजिएको भन्दै लगानीकर्तालाई हतोत्साहित बनाउन नहुने बताए ।
विद्यालयको भौतिक तथा प्राविधिक विकासका लागि सरकारले समेत सहयोग पु¥याउनु पर्ने ठाउँमा शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले पास गरेको विधेयक आफूहरुलाई मान्य नभएको बताए ।
प्याव्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले संस्थागत विद्यालय बचाउन संघर्ष समिति नै गठन गरिएको भन्दै गठित समितिका विषयमा जानकारी दिए । प्याव्सन झापाको अगुवाइमा ११ सदस्यीय संस्थागत शिक्षालय बचाउ सर्घष सल्लाहकार समिति झापामा गठन भएको उनको भनाई छ ।
प्याव्सनका निर्वतमान केन्द्रीय सल्लाहकार गोविन्द लम्सालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको सचिव उप्रेतीको भनाई छ । उप्रेतीका अनुसार समितिको सदस्यहरुमा एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयवहादुर श्रेष्ठ, प्याव्सनका केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरे, एन प्याव्सनका केन्द्रीय सचिव सञ्जिव राई, प्याव्सनका केन्द्रीय सदस्य श्रवण पोखरेल, प्याव्सनका पूर्व केन्द्रीय सदस्य मोहन सुब्बा, हिसान झापाका उपाध्यक्ष खेम भण्डारी, प्याव्सन झापाका जिल्ला सल्लाहकार हिम्मत क्षेत्री, प्याव्सनका जिल्ला सल्लाहकार कमलेश्वर राजवंशी, प्याव्सन झापाका प्राज्ञिक सल्लाहकार जर्नादन ढकाल र एन प्याव्सन कोसी प्रदेश सदस्य जीवन राई रहेका छन् ।






























हाम्रो आवाजलाई न्यायपूर्ण ढंगबाट उठान गरि दिनु भएको र हामीलाई जहॅा दु:खेको हो त्ही ठाउमा मल्हम लगाउन सरकारलाई सचेत गराई दिनु भएकोमा पूर्वान्चल दैनिकलाई मुरि मुरि धन्यबाद।