कमल ।

झापाको कमल गाउँपालिका ५ मा आज आईएलओ १६९ युएनडिआरआईपी २००७ कार्यान्वयनबारे स्थानिय सरकार व्यवस्थापकीय अधिकार र सर्वोच्च अदालतको निर्देशनात्मक आदेश सम्बन्धि अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ ,समन्वय परिषद् कमलद्वारा आयोजित कार्यक्रम कमल ५ स्थित नेपाल रेडक्रस सोसाईटी उपशाखा लखनपुरको सभाहलमा सम्पन्न भएको हो । अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा संयुक्त राष्ट्र संघले १३ सेप्टेम्बर २००७ मा स्वीकृत गरेका बुँदाहरुमा आदिवासी जनजातिलाई आफुनो पहिचान , संस्कृति,भाषा,भर्म परम्परा र जीवनशैली जोगाउने अधिकारका विषयमा जानकारी गराईएको थियो ।
आदीवासिहरुका लागि संयुक्त राष्ट्र संघले १३ सेप्टेम्बर २००७ मा स्वीकृत गरेका बुँदाहरुमा नेपालले पनि समर्थन गरेको थियो र नेपालले समर्थन गरेका बुँदाहरुमा नेपालमा रहेका आदिवासी÷जनजाति समुदाय ( राई, लिम्बू, गुरुङ, मगर, नेवार, तामाङ, थारु, शेर्पा आदि) को अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिलाएको छ ।

जस अन्तरगत आदिवासी जनजातिहरूले आफ्ना भाषा, लिपि, संस्कृति, धर्म र परम्परा जोगाउने अधिकार पाउँनुका साथै नेपालको संविधान २०७२ ले पनि भाषिक र सांस्कृतिक अधिकारलाई मान्यता दिएको छ । भने आदिबासिहरुको परम्परागत जल, जंगल र जमिन लगायत प्राकृतिक स्रोतहरूमा अधिकार सुरक्षित गर्नुपर्ने प्रावधान छ । प्राप्त अधिकारलाई कार्यान्वयनकालागी स्थानिय सरकार संगको समन्वयमा कानुन बनाउनु पर्ने आवश्यक रहेको कार्यक्रममा सहजकर्ता लाहुर्निपका सचिव अधिवक्त भिम राईले जानकारी गराउनुभयो ।
आदिवासी जनजातिहरूका लागि अनुकुल कानुन बनाउन राज्यले स्थानिय सरकारलाई अधिकार प्रदान गरेको छ । संविधानले प्रदान गरेका अधिकार प्राप्त गर्न स्थानिय सरकार संगको समन्वयमा गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई, राष्ट्रिय आदिवासी महिला महासंघ झापाका पुर्व अध्यक्ष सुमित्रा वाङ्गदेल चेली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल आदिवासी जनजाति महासंघ ,समन्वय परिषद् कमलका अध्यक्ष बदीराम राईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पुर्व केन्द्रिय महासचिव नित्यानन्द ताजपुरिया, कमल गाउँपालिकामा रहेका १९ वटा जातिय संघ सस्थाका प्रमुख तथा प्रतिनिधी, आदिवासी जनजातिका युवा नेता, समाज सेवी ,सामजिक व्याक्तित्व हरको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ ,समन्वय परिषद् कमलका उपाध्यक्ष तिर्थ कुमार ताजपुरियाले सन्चालन गर्नु भएको थियो ।































