झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

0
119

झापा ।

झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका-२ का ६० वर्षीय सोमनाथ दंगाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार साँझ साढे ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई-७ स्थित बिरिङ पुल छेउmमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी कनकाई-२ का मोटरसाइकल चालक ३८ वर्षीय दिनेश कुमार थपलिया र सोही मोटरसाइकलमा दंगाल घाइते भएका थिए ।

दुवै घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज बिहान ६ बजे दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here