बिर्तामोड । स्काई क्रियटर्स इन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिसाद्वारा प्रायोजित ‘मिस्टर एण्ड मिस प्रदेश नं. १’ चौथो संस्करण र ‘लिटिल ग्ल्याम’ दोस्रो संस्करण सौन्दर्य प्रतियोगिताको श्यास सेरेमोनी बिर्तामोडमा सम्पन्न भएको छ । 
साइ प्यालेसमा आयोजित कार्यक्रममा दुवै विधाका १०–१० जना गरी २० जना फाइनल प्रतिस्पर्धीलाई श्यास र ब्याज प्रदान गरिएको थियो ।
प्रतियोगितामा सहभागी युवायुवती र बालबालिकाले व्यक्तित्व, क्षमता र आत्मविश्वास प्रस्तुत गर्ने अवसर पाउनेछन् । विशेष आकर्षणका रूपमा मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्यायले व्यक्तित्व विकास र मोडलिङ तालिम दिनेछन् भने मिस नेपाल २०१८ की शीर्ष २५ फाइनलिस्ट आलिशा अधिकारीले नृत्ययोजना तथा कोरियोग्राफी गर्नेछिन् ।
विजेताले ‘मिस्टर एण्ड मिस सुप्रानेशनल नेपाल २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले जनाएको छ।
श्यास सेरेमोनीमा कार्यक्रमका अतिथिहरु एलसी श्रेष्ठ, प्रकाश संग्रौला, सुरेन्द्र भण्डारीलगायतले प्रतिस्पर्धीलाई श्यास लगाइदिएका थिए। अध्यक्ष सन्दिप राजवंशीले स्वागत मन्तव्य राखेका थिए भने प्रवन्ध निर्देशक पवना श्रेष्ठले सहजिकरण र कार्यक्रम निर्देशक प्रायुस पौडेलले सञ्चालन गरेका थिए।
कार्यक्रमकी सल्लाहकार तथा हल्दिबारी जेसीजकी अध्यक्ष युनिता दवाडीले समापन सम्बोधन गर्नुभएको थियो।































