काठमाडौं ।

३० वर्षीय पञ्चायती शासनविरुद्ध कांग्रेस, एमालेलगायतका संघर्ष गरे । जनआन्दोलनको रुपमा भएको संघर्षले २०४६ सालमा ३० वर्षीय लक्का जवान पञ्चायती व्यवस्था ढल्यो । यसको निर्णायक भूमिका खेलेका थिए, कांग्रेस गणेशमान सिंहले । पञ्चायती शासनविरुद्ध सफल आन्दोलनको नेतृत्व लिएका गणेशमानलाई ‘जननायक’को उपाधिसमेत दिइएको थियो।
२०४६ सालको आन्दोलन सफल भएपछि राजा वीरेन्द्र शाहले नयाँ सरकार गठनका लागि पहल थाले । सोही क्रममा राजा वीरेन्द्रले आन्दोलनको मुख्य नेतृत्वकर्तामध्येका एक गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरे । उनले गणेशमानले अस्वीकार गरेका थिए ।
आफूलाई जनताको प्रतिनिधि हैसियतमा आन्दोलनमा लागेको बताउँदै उनले सत्ता लोभका लागि नभई लोकतन्त्र पुनस्र्थापना गर्न संघर्ष गरेको बताए । ‘आन्दोलनको नेतृत्वकर्ताले सत्तामा जानु उचित हुँदैन, बरु अरूलाई अवसर दिनुपर्छ’ भन्ने सोच पालेका उनले यो अवसर कांग्रेसकै कृष्णप्रसाद भट्टराई दिए ।
आफू प्रधानमन्त्री बन्न अस्वीकार गर्दै गणेशमान सिंहले गरेको समर्थनकै आधारमा भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने । यसको ३६ वर्षपछि पुनः नेपालमा प्रधानमन्त्री अस्वीकार गर्ने व्यक्तिमा दर्ज भएका छन्– बालेन्द्र शाह (बालेन) । उनी काठमाडौं महानगरपालिकाका मेयर हुन् ।
यही भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनपछि उनलाई प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । आमयुवा पुस्ताले उनलाई प्रधानमन्त्री बन्ने आग्रह गरेका थिए भने धेरैले उनी प्रधानमन्त्री बन्ने अड्कल पनि काटेका थिए । तर, उनी आफू प्रधानमन्त्री नबनेर उनकै समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् ।
बालेनकै चाहअनुसार मौजुदा मन्त्रिपरिषद् गठन भएको चर्चा छ । उनले चाहेकै व्यक्ति प्रधानमन्त्रीदेखि मन्त्री बन्ने बताइन्छ । यो अवस्थामा आफू प्रधानमन्त्री नबनेर उनले कार्कीलाई बनाएका हुन् । प्रधानमन्त्री पद अस्वीकार गर्ने नेपालको इतिहासमा गणेशमानपछि बालेन भएका छन् ।


























